आईपिएलमा शुक्रबार कोलकत्ता र बेंगलूरु भिड्दै , राजस्थानको दोश्रो जित


प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार

इंडियन प्रिमियर लिग आईपिएल राजस्थान रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहिबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्स माथि १२ रनको रोमाञ्चक जित निकालेको हो ।

१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा आवेश खानले ४ रन मात्र दिएपछि दिल्लीले हार बेहोर्न बाध्य भयो ।

जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ५ विकेट गुमाउँदै १८५ रन बनायो । आईपिएलमा शुक्रबार बेलुका कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com