घरेलु मैदानमा राजस्थानको लगातार दोस्रो जीत, नवौं खेलमा दिल्ली १२ रनले पराजित


प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार

रियान परागको अर्धशतकपछि बलरको उत्कृष्ट प्रदर्शनका कारण इन्डियन प्रिमियर लिग २०२४ को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको छ । दुई टोलीबीचको यो खेल जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको थियो ।

घरेलु मैदानमा राजस्थानको यो लगातार दोस्रो जित हो। योसँगै ऋषभ पन्तको नेतृत्वमा रहेको दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ । खेलमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानको टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८५ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com