आईपीएलमा चेन्नईंको विजयी सुरुवात, पहिलो खेलमा आरसीबीलाई ६ विकेटले हरायो


प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार

Chennai Super Kings’ Ravindra Jadeja, center, dives to field the ball during the Indian Premier League cricket tournament match between Chennai Super Kings and Royal Challengers Bengaluru in Chennai, India, Friday, March 22, 2024. (AP Photo/R. Parthibhan)

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आईपीएल २०२४ मा विजयी सुरुवात गरेको छ ।

नयाँ कप्तान रुतुराज गायकवाडको नेतृत्वमा रहेको सीएसकेले सिजनको उद्घाटन खेलमा आरसीबीलाई ६ विकेटले हराएको हो ।

चेपौक स्टेडियम, चेन्नईमा टस जितेर ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । अनुज रावतले सर्वाधिक ४८ रन बनाए । विराट कोहलीले २० बलमा २१ रन मात्र बनाउन सके । मुस्ताफिजुर रहमानले ४ विकेट लिए ।

जवाफमा चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । चेन्नईका शिवम दुबेले ३४ र रविन्द्र जडेजाले २५ बनाउदैँ अविजित रहे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com