विदेशी पर्यटकको चाप बढेसँगै श्रीलङ्काको अर्थतन्त्रमा राहत महशुस


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय सङ्कटको सामना गरेको श्रीलङ्कामा आर्थिक पुनरुत्थान भएको श्रीलङ्का सरकारले शनिबार जनाएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो ।

सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतले खुम्चिएको छ । “सन् २०२३ मा श्रीलङ्काको अर्थतन्त्रले द्वैतताको अनुभव गरेको छ”, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ ।

“पर्यटनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर आएको छ” विभागले भनेको छ, “कामदारको रेमिटेन्समा पनि सुधार आएको छ ।” गत डिसेम्बरमा श्रीलङ्का घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको ९१ हजार ९०० को तुलनामा दोब्बरभन्दा बढी हो ।

श्रीलङ्काले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषबाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिइरहेको छ र ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग छलफल गरिरहेको छ । सन् २०२२ मा आर्थिक सङ्कटको शिखरमा पुगेको मुलुकमा आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उहाँले पदबाट राजिनामा दिन बाध्य हुनुभएको थियो ।

उहाँको उत्तराधिकारी रनिल विक्रमासिङ्घेले आर्थिक सङ्कटबाट देशलाई माथि उकास्न करको दायरालाई दोब्बर पार्दै उदार ऊर्जा अनुदान फिर्ता लिनुभएको थियो भने मुलुकको लागि आर्थिक आवश्यकतालाई ध्यानमा राख्दै राजस्व सङ्कलन वृद्धिका लागि वस्तुहरूको मूल्य वृद्धि गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com