कुबेतमा कारको ठक्करबाट ३ नेपाली युवाको ज्यान गयो


प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार

कारको ठक्करबाट कुबेतमा ३ नेपालीले ज्यान गुमाएका छन । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा ३ नेपालीहरुले ज्यान गुमाएका हुन ।

नेपाली दुतावास कुबेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमका अनुसार मंगलवार बिहान ५ बजेतिर कारले ठक्कर दिदा धनुषाका धिरज गुर्मछाम मगर , अछाम पञ्चदेवल विनायक ५ का सुजन कार्की र काठमाण्डौ सानो भर¥याङ्गका सुजन कार्कीको मृत्यु भएको हो । उहाँका अनुसार परिवार र कम्पनीसंगको सम्पर्कमा रहेर शवहरु नेपाल पठाउने तयारी भइरहेको छ ।

हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न पुगेका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । तीनै जनालाई सोही बेलामा कारले ठक्कर दिएको थियो ।

ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कुबेती प्रहरीलाई उदृत गर्दै त्यहा स्थित नेपाली दुतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com