अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिल प्रतिनिधिसभा प्यानलबाट सर्वसम्मतले अनुमोदन


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

अमेरिकी संसदको प्रतिनिधिसभाको एक शक्तिशाली समितिले बिहीबार टिकटकमाथि प्रतिबन्ध लगाउनसक्ने बिल सर्वसम्मतले अनुमोदन गरेकोछ। । बिल दुबै सदनबाट पारित भएमा अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्छ । टिकटकले चिनियाँ सरकारको जासुसी जोखिम निम्त्याउन सक्ने डरका कारण उर्जा र ब्यापारबारेको समितिले यो बिल अगाडि बढाएको हो ।

बिलमा चीनको बाइटडान्सलाई भिडियो एप टिकटकबाट अलग हुन वा अमेरिकी प्रतिबन्धको सामना गर्न झण्डै साढे ५ महिना दिने प्रावधान रहेको छ । अब बिलमाथि प्रतिनिधिसभामा मतदान हुने भएको छ, जुन टिकटकमाथि अमेरिकी कारवाहीका लागि पहिलो महत्त्वपूर्ण कदम हो । टिकटकका लगभग १७० मिलियन अमेरिकी प्रयोगकर्ताहरू छन्।

रिपब्लिकन सांसद माइक गालाघर र डेमोक्रेटिक सांसद राजा कृष्णमूर्तिले मंगलबार एपको चिनियाँ स्वामित्वले उत्पन्न गरेको राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्न बिल पेश गरेका थिए । माइक गालाघरले यो टिकटकमाथिको प्रतिबन्ध नभई ट्युमर हटाउन र यस प्रक्रियामा बिरामीलाई बचाउनको लागि डिजाइन गरिएको शल्यक्रिया भएको बताए । बिलले बाइटडान्सलाई टिकटक छाड्न १६५ दिन समय दिनेछ । यदि त्यसो नभएमा अमेरिकामा टिकटकमा प्रतिबन्ध लाग्नेछ ।

white concrete building under cloudy sky during daytime
फोटो: ह्यारोल्ड मेन्डोजा

टिकटकका प्रवक्ताले भने यो बिल टिकटकमाथिको सिधा प्रतिबन्ध भएका बताएका छन् । यो बिलले १७० मिलियन अमेरिकीहरूलाई संविधानको पहिलो संशोधनबाट प्रदान गरिएको अधिकारलाई कुल्चिने र ५ मिलियन साना व्यवसायहरूलाई प्लेटफर्मबाट वञ्चित गर्ने प्रवक्ताको भनाई छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरले भने बुधवार संसदमा ल्याइएको प्रस्तावको प्रशंसा गरेकी छिन् । उनले यो बिल राष्ट्रपतिको डेस्कमा पुगेको देख्न चाहेको बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टिकटक एप अमेरिकामा लोकप्रिय छ र चुनावी वर्षमा यो बिल स्वीकृत गर्न गाह्रो हुन सक्छ। गत महिना डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनको चुनाव अभियान समेत टिकटकमा सामेल भएको थियो । नोभेम्बरको अन्त्यमा एक अमेरिकी न्यायाधीशले मोन्टानामा टिकटकमा लगाइएको राज्यको प्रतिबन्धमा रोक लगाएका थिए । यसले प्रयोगकर्ताहरूको स्वतन्त्र अभिव्यक्ति अधिकारको उल्लङ्घन गरेको भन्दै अदालतले रोक लगाएको थियो ।

यसैबीच टिकटकले बुधवार अमेरिकी प्रयोगकर्ताहरूलाई नोटिफिकेशन पठाउँदै अमेरिकी संसदले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने योजना बनाइरहेको र त्यसले १७० मिलियन अमेरिकीको अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार खोस्ने उल्लेख गरेको थियो । प्रतिबन्धले लाखौं व्यवसायलाई नोक्सान गर्ने र देशभरका अनगिन्ती सर्जकहरुको जीविकोपार्जनलाई नष्ट गर्ने नोटिफिकेशनमा जनाइएको थियो । अलर्टमा प्रयोगकर्ताहरूलाई उनीहरूका क्षेत्रका सांसदको कार्यालयमा फोन गरेर दवाव दिन सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com