न्युयोर्क सिटीका ट्रेन स्टेशनमा शंकास्पद झोला जाँचका लागि ७५० नेशनल गार्ड तैनाथ गरिने


प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार

गर्भनर होकुलले न्युयोर्क सिटीका ट्रेन स्टेशनमा शंकास्पद झोला जाँचका लागि नेशनल गार्ड तैनाथ गर्ने घोषणा गरेकी छिन् । झोला जाँच गर्न सयौं नेशनल गार्डका सिपाहीहरू तैनाथ गरिने गभर्नर क्याथी होकुलले बताएकी हुन् ।

न्युयोर्क सिटीको ट्रान्जिट प्रणालीमा सुरक्षाको धारणालाई बलियो बनाउन बुधबार होकुलले घोषणा गरेको पाँच बुँदे सबवे सुरक्षा योजना अन्तरगत नेशनल गार्ड परिचालन गर्न लागिएको हो । न्युयोर्कका ट्रेन स्टेशनमा हाई प्रोफाइल अपराधहरूको बाढी आएपछि यो योजना ल्याइएको हो ।

अब लगभग ७५० नेशनल गार्ड सेना तथा २५० राज्य र एमटीए प्रहरीले प्रणालीको व्यस्त ट्रान्जिट स्टेशनहरूमा झोला जाँच गर्ने जनाइएको छ । तिनीहरूलाई अब झोला जाँच गरिरहेको देख्न सकिनेछ । उनीहरुले झोलामा हतियारहरू नभएको सुनिश्चित गर्न चेकजाँच गर्नेछन् ।

 

मेयर एरिक आडम्सले मंगलबार झण्डै एकहजार नेशनल गार्ड र प्रहरी अधिकारीहरूले झोला जाँचहरू सुरु गर्ने घोषणा गरेका थिए । राज्यबाट परिचालित सुरक्षा अधिकारीहरुले न्युयोर्क प्रहरीका अधिकारीहरूसँग काम गर्नेछन् ।

फाइल फोटो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com