न्युयोर्क सिटीमा आज ३ इन्चसम्म बर्षाको सम्भावना, बाढीको चेतावनी


प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार

न्युयोर्क सिटीमा बुधबार दिउसोदेखि ३ इन्चसम्म बर्षाको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । बाढीको निगरानी बुधबार दिउँसो १ बजेदेखि लागू हुनेछ भने बिहीबार बिहान ६ बजेसम्म कायम रहनेछ । सिटीका अधिकारीहरूले दिउँसो भारी वर्षाको अपेक्षा गरेका छन् ।

बुधबार दिउँसो सुरु हुने गरी ३ इन्चसम्म भारी वर्षा हुने अनुमान गरिएपछि राष्ट्रिय मौसम सेवाका मौसमविद्हरूले बाढीको चेतावनी जारी गर्न आग्रह गरेका हुन् । सिटीका आपतकालीन व्यवस्थापन अधिकारीहरूले पनि एक ट्राभल एड्भाइजरी जारी गरेका छन् जसले बाढीको चेतावनी दिएको छ ।

आफूहरुको प्राथमिक चिन्ता दिउँसो र साँझ भएको तथा धेरै घण्टा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको सिटीको आपतकालीन व्यवस्थापन आयुक्तले एक विज्ञप्तिमा बताएका छन् । सिटीमा आज शतप्रतिशत वर्षाको सम्भावना रहेको छ भने दिउँसो ३ बजेको बीचमा ठूलो वर्षाको पूर्वानुमानको गरिएको छ । मध्यरातसम्म बर्षाको सम्भावना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक घण्टामा करिब एक इन्च पानी पर्न सक्ने अधिकारीहरुले बताएका छन् । भिजेको मौसम बिहीबारसम्म जारी रहन सक्छ, जसले दिनभरको बादलबाट वर्षाको ५० प्रतिशत सम्भावना बोकेको राष्ट्रिय मौसम सेवाको पूर्वानुमानमा देखिएको छ ।

न्यु योर्कवासीहरूले शुक्रबार वर्षाबाट राहत पाउनेछन्, तर सम्भवतः सप्ताहन्तको लागि भने होइन । शनिबार र आइतवार क्रमशः ९० प्रतिशत र ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ । बाढीको चेतावनी दिइएकाले खासगी बेसमेन्टमा बस्नेहरु र यात्रा गर्नेहरुले विशेष सावधानी अपनाउनुपर्छ ।

बाढीका कारण झण्डै साढे २ बर्ष अगाडि न्युयोर्कको उडसाइडमा बेसमेन्टमा बस्दै आएका १९ महिनाका बालकसहित तीनजना नेपालीहरु २० बर्षकी बर्षकी मिङमा शेर्पा, ४९ बर्षका आङ गेलु लामा र १९ महिनाका बालक लोप्साङ लामाको मृत्यु भएको थियो । उनीहरुको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com