इरानले ८३४ जनालाई मृत्युदण्ड दियो , सबैभन्दा बढि लागुपदार्थ संग सम्वन्धित


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

इरानले गत वर्ष कम्तीमा ८ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो । इरानले हालैका वर्षहरूमा फाँसी दिएर कार्यान्वयन गरेको मृत्युदण्डको सङ्ख्या सन् २०२२ मा करिब ४३ प्रतिशतले बढेको छ ।

नर्वेस्थित ह्युमन राइट्स ९आइएचआर० र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीको संयुक्त प्रतिवेदनमा एक वर्षमा आठ सयभन्दा बढी मृत्युदण्डको सजाय दुई दशकमा यो दोस्रो पटक भएको बताएका छन् । सन् २०१५ मा नौ सय ७२ लाई मृत्युदण्ड दिइएको थियो । दुवै समूहले इरानमाथि सन् २०२२ सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युपछि अधिकारीहरूलाई हल्लाएको विरोध प्रदर्शनका क्रममा इरानले समाजमा डर फैलाउनका लागि मृत्युदण्डको सजायको प्रयोग गरेको आरोप लगाएका छन् ।

आइएचआरका निर्देशक महमुद अमिरी–मोघद्दमले प्रतिवेदनमा भन्नुभएको छ, “सामाजिक त्रास उत्पन्न गर्नु भनेको सत्तामा टिकिरहने शासनको एक मात्र तरिका हो र मृत्युदण्ड यसको सबैभन्दा महत्त्वपूर्ण साधन हो ।” प्रतिवेदनमा आठ सय ३४ को आँकडालाई ‘आश्चर्यजनक कूल’ भनिएको छ ।

अधिकार समूहहरूका अनुसार इरानले सन् २०२२ को विरोध प्रदर्शनहरूमा सुरक्षा बलमाथि हमलासँग सम्बन्धित मामिलामा नौ जनालाई मृत्युदण्ड दिएको छ । तीमध्ये सन् २०२२ मा दुई, सन् २०२३ मा छ र सन् २०२४ मा एक जनालाई मृत्युदण्ड दिइएको छ । यद्यपि अन्य आरोपहरूमा मृत्युदण्डको सजयालाई बढाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेषगरी हालैका वर्षमा गिरावट देखिएको लागुपदार्थसम्बन्धी मामिलामा मृत्युदण्डको सजाय बढेका छन् । “सन् २०२३ मा लागुपदार्थसँग सम्बन्धित मृत्युदण्डको सङ्ख्यामा नाटकीय वृद्धि हुनु विशेष चिन्ताको विषय हो, यो बढेर चार सय ७१ सम्म पुगेको छ । सन् २०२० मा रेकर्ड गरिएको आँकडाको तुलनामा यो १८ गुणा बढी हो”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा जातीय अल्पसङ्ख्यकका सदस्यहरू विशेषगरी इरानको दक्षिणपूर्वबाट सुन्नी बलुचलाई लागुपदार्थसँग सम्बन्धित आरोपमा ‘मृत्युदण्ड दिइएका मानिसहरूमा अत्यधिक प्रतिनिधित्व गरिएको’ बताइएको छ । समग्रमा बलुच अल्पसङ्ख्यकका कम्तीमा एक सय ६७ सदस्यलाई मृत्युदण्ड दिइएको छ । यो सन् २०२३ मा कूल मृत्युदण्ड सङ्ख्याको २० प्रतिशत हो । बलुच अल्पसङ्ख्यकको जनसङ्ख्या इरानमा केवल पाँच प्रतिशतको हाराहारीमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com