अमेरिकामा करछली गर्ने १ लाख २५ हजारको पिछा गर्दै आईआरएस, बाँकीलाई अर्को चरणमा


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

अमेरिकामा आईआरएसले करछली गर्ने १ लाख २५ हजारको पिछा सुरु गरेको छ । २०१७ देखि २०२१ को बीचमा कर फाइल नगरेका १ लाख २५ हजारबारे यसैसाताबाट अनुसन्धान सुरु गरेको जनाइएको छ । उनीहरुले करोडौं डलर कर नतिरेको आईआरएसले जनाएको छ ।

यस हप्तादेखि आईआरएसले प्रति वर्ष १ मिलियन भन्दा बढी कमाउने २५ हजार भन्दा बढी मानिसहरू तथा ४ लाख डलरदेखि १ मिलियनडलर बीचको आम्दानी भएका १ लाख मानिसहरूलाई पत्रहरु पठाउन थाल्नेछ । उनीहरुले सन् २०१७ देखि २०२१ को बीचमा कर तिर्न असफल भएको जनाइएको छ ।

उच्च स्तरका कर छलीहरू पछ्याउन आईआरएसले गरिरहेको प्रयासको एक हिस्साका रुपमा यो अभियानलाई लिइएको छ । २०२२ मा पारित मुद्रास्फीति न्यूनीकरण ऐन मार्फत प्रदान गरिएको कोषद्वारा अनिवार्य गरिएको अडिट प्रकृया अन्तरगत यो अभियान सुरु गरिएको जनाइएको छ । यद्यपी ट्रेजरी सेक्रेटरीले आईआरएस नेतृत्वलाई ४ लाखभन्दा कम आम्दानी भएकाहरुलाई लेखा परीक्षा नबढाउन निर्देशन दिएकी थिइन् ।

ट्याक्स नतिर्नु अमेरिकाको कानून अन्तर्गत जिम्मेवारीपूर्वक आफ्नो नागरिक कर्तव्य पूरा गर्ने मेहनती करदाताहरूका लागि उचित नभएको आईआरएस आयुक्त डेनियल वेर्फेलले पत्रकारहरूलाई बताएका छन् । आफ्नो कर फाइल नगर्नेहरुले त्यसको परिणाम भोग्नुपर्ने उनले बताएका छन् । हालैका महिनाहरूमा आईआरएसले कर प्रणालीको दुरुपयोग गर्ने वा आफ्नो दायित्व रकम तिर्न असफल हुने उच्च धनी व्यक्तिहरूलाई लक्षित गरी नयाँ अभियानहरूको घोषणा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि गत हप्ता आईआरएसले व्यवसायहरूको निजी जेटहरूमा दर्जनौं अडिटहरू सुरु गर्ने बताएको थियो । कसरी तिनीहरू व्यक्तिगत रूपमा कार्यकारीहरूद्वारा प्रयोग गरिन्छ र कर कटौतीको रूपमा लेखिएको भन्नेबारे अडिट सुरु गरिने आईआरएसले जनाएको छ । यस वर्षको सुरुमा आईआरएसले करछली गर्ने करोडपतिहरूबाट करिब आधा बिलियन डलर अत्यावश्यक कर संकलन गरेको बताएको थियो ।

उच्च आय भएका हजारौं व्यक्तिले अमेरिकामा धेरै वर्षदेखि ट्याक्स रिटर्न दाखिला नगरेपनि आईआरएसले उनीहरूलाई रकम तिराउनका लागि केही गर्न सकेन। तर त्यो अब परिवर्तन भइसकेको आईआरएसले घोषणा गरेको छ । ट्याक्स फाइल नगर्ने हजारौं मानिसहरूलाई पठाइने सूचना कर उठाउनको लागि पहिलो चरण हो। उनीहरुमध्ये केहीलाई पछि आपराधिक कर छलीका मुद्दाहरू लाग्ने देखिएको छ ।

आईआरएसले त्यसपछि अर्को चरणमा ट्याक्स फाइल नगर्ने सबै आय स्तरहरूका व्यक्तिलाई पत्र पठाउने जनाएको छ। ४ लाख डलरभन्दा कम कमाउने व्यक्तिहरूका लागि पत्रहरूले उनीहरूले रिफण्ड छुटाएको हुन सक्छ भन्ने तथ्यमा केन्द्रित हुनेछन्। १ मिलियन भन्दा बढी घरपरिवारहरूले वार्षिक रूपमा तिनीहरूले दाबी गर्न सक्ने क्रेडिटहरू गुमाउने गरेका छन् । उनीहरुले ट्याक्स फाइल नगरेका कारण अर्नड इन्कम ट्याक्स क्रेडिट लगायतका क्रेडिट गुमाउने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com