सर्वेक्षणः उमेरका कारण बाइडेनको नेतृत्वमा मतदाताहरुको शंका, ट्रम्पलाई समर्थन


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

राष्ट्रपति जो बाइडेनको काम गराईको तरिकालाई कडा रूपमा अस्वीकार गर्ने मतदाताहरूको हिस्सा ४७ प्रतिशत पुगेको छ । राष्ट्रपति बाइडेनले आफ्नो नेतृत्वबारे आफ्नै पार्टी भित्रको शंका र व्यापक असन्तुष्टिलाई हटाउन संघर्ष गरिरहेको न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको नयाँ सर्वेक्षणमा देखिएको हो ।

सर्वेक्षणले चार वर्ष पहिले बाइडेनलाई समर्थन गर्ने मतदाताहरूमा आएको आधारभूत परिवर्तनलाई समेत औल्याएको छ । ६१ प्रतिशतले प्रभावकारी राष्ट्रपति बन्नको लागि उनी बढी उमेरका भइसकेको बताएका छन् । सन् २०२० मा बाइडेनलाइै मतदान गर्नेहरू मध्ये १९ प्रतिशत र नोभेम्बरमा उनलाई समर्थन गर्ने १३ प्रतिशतले ८१ वर्षीय राष्ट्रपतिको उमेरका कारण अब उनमा काम सम्हाल्ने क्षमता नभएको बताएका छन् ।

ह्वाइट हाउस । फोटो: खसोखास

बाइडेनले आफूलाई वृद्धको रूपमा चित्रण गर्ने चिन्ता मतदाताबाट हटाउन असफल भएको सर्वेक्षणमा देखिएको छ । सबै रजिष्टर्ड मतदाताहरूमध्ये ७३ प्रतिशतले बाइडेन प्रभावकारी हुन नसक्ने कारण उमेर भएको बताएका छन् भने ४५ प्रतिशतले बाइडेनले काम गर्न नसक्ने विश्वास व्यक्त गरेका छन्। अघिल्लो सर्वेक्षणको तुनलामा बाइडेनले उमेरका कारण काम गर्न नसक्ने मतदाताहरूको शंका समयसँगै बढेको छ।

अक्टोबरमा गरिएको सर्वेक्षण अनुशार तीब्र प्रतिस्पर्धा हुने शीर्ष ब्याटलग्राउण्ड राज्यहरूमा २०२० मा बाइडेनलाई मतदान गर्नेहरू मध्ये ५५ प्रतिशतले भने उनी प्रभावकारी राष्ट्रपति हुनको लागि उमेर नै बाधा भएको विश्वास गरेका थिए । अहिले त्यो आशंका १६ प्रतिशतले बढेको छ । बाइडेनभन्दा जम्मा ४ बर्षले कान्छा ७७ बर्षीय डोनाल्ड ट्रम्पको बारेमा भने मतदाताको उस्तै चिन्ता छैन । राष्ट्रपति बन्नका लागि ट्रम्पको उमेर बढी भइसकेको बताउनेहरु जम्मा ४२ प्रतिशत देखिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि पुनः निर्वाचित भएमा बाइडेनले सबैभन्दा बढी उमेरको वर्तमान राष्ट्रपतिको रूपमा आफ्नै कीर्तिमान तोड्नेछन्, जबकि ट्रम्प विजयी भएमा दोस्रो सबैभन्दा बढी उमेरको राष्ट्रपति हुनेछन्। निर्वाचित भएमा ट्रम्प कार्यकालको अन्त्यमा ८२ वर्षका हुनेछन् भने बाइडेन ८६ बर्षका हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com