न्युयोर्कको क्वीन्समा एफ ट्रेन स्टेशनमा २० बर्षीय महिलाको बलात्कार प्रयास, आक्रमणकारी फरार


प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार

न्युयोर्कको क्वीन्समा एफ ट्रेन स्टेशनमा बलात्कार प्रयास गर्ने फरार आक्रमणकारीकोको। प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिले गत शनिबार क्वीन्स सबवे स्टेशन भित्र एक महिलालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

क्वीन्स जाने एफ ट्रेनबाट बाहिर निस्केपछि १६९ औं स्ट्रिट सबवे स्टेशनमा एक २० वर्षीया महिलालाई उक्त पुरुषले पछ्याएको तथा महिलाको अनुहारमा धेरै पटक मुक्का हानेर उनलाई भुइँमा लडाएको अधिकारीहरुले जनाएका छन् । त्यसपछि उक्त व्यक्तिले महिलाको लुगा खोल्न खोजेको आरोप लगाइएको प्रहरीले जनाएको छ।

घटना राती १२ बजेर १० मिनेटमा भएको थियो । ती महिला चिच्याएपछि एक सुरक्षा गार्डले हस्तक्षेप गरेका थिए । महिलाले बलात्कार प्रयास गर्ने आक्रमणकारीको प्रतिरोध गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमणकारी सबवे स्टेशनबाट १६८ औं प्लेसतर्फ भागेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार पीडितलाई उनको चोटपटकको लागि स्थानीय अस्पताल लगिएको थियो ।

प्रहरीले आक्रमणकारी ५ फिट १० इन्च अग्लो भएको बताएको छ । अन्तिम पटक सेतो ट्याङ्क टप, हल्का नीलो हुड भएको स्वेटसर्ट, कालो प्यान्ट र सुन्तला र सेतो स्नीकर लगाएको देखिएको प्रहरीले जनाएको छ । कतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com