आजदेखि ‘कामदार भिसा, ग्रिनकार्ड, वर्क परमिट, भिसा परिवर्तन र थप’का लागि शीघ्र प्रकृया शुल्क बृद्धि


प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार

युएससीआईएसले मुद्रास्फीति समायोजन गर्न भन्दै शीघ्र प्रकृया शुल्कमा उल्लेख्य बृद्धि गरेको छ । गैरआप्रवासी कामदारका लागि आई १२९, रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४०, गैर आप्रवासी स्थीति परिवर्तन वा थपका लागि आई ५३९ र वर्क परमिटको आवेदन आई ७६५ को शीघ्र प्रकृया शुल्कमा उल्लेख्य बृद्धि गरिएको हो । नयाँ शुल्क आज फेब्रुअरी २६ बाट लागु हुनेछ ।

युएससीआईएस स्थिरीकरण ऐनले शीघ्र प्रकृयाका लागि हालको प्रिमियम प्रशोधन शुल्क स्थापना गरेको हो भने द्विवार्षिक आधारमा प्रिमियम शुल्क समायोजन गर्न होमल्याण्ड सेक्युरिटीको लागि अधिकार स्थापना गरेको छ। ऐन पारित भएको तीन वर्षसम्म यी शुल्कहरूलाई अपरिवर्तित छोडेपछि अहिले मुद्रास्फीतिलाई समायोजन गर्न सबै योग्य फारम र कोटीहरूको लागि प्रिमियम प्रशोधन शुल्क बढाइएको हो ।

नयाँ नियम अनुशार गैरआप्रवासी कामदारका लागि आई १२९ का लागि शीघ्र प्रकृया शुल्क एचटुबी वा आर वान गैर आप्रवासी स्थीतिका लागि १५ सय डलरबाट बढाएर १६८५ बनाइएको छ भने अन्य श्रेणीका लागि २५ सय डलरबाट बढाएर २८०५ डलर बनाइएको छ । त्यस्तै एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित सबै श्रेणीका आई १४० को शीघ्र प्रकृयाका लागि पनि शुल्क २५ सय डलरबाट बढाएर २८०५ डलर बनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैर आप्रवासी स्थीति परिवर्तन वा थपका लागि आई ५३९ को शीघ्र प्रकृया शुल्क १७५० डलरबाट बढाएर १९६५ डलर बनाइएको छ । वर्क परमिटको आवेदन आई ७६५ को शीघ्र प्रकृया शुल्क १५ सय डलरबाट बढाएर १६८५ डलर बनाइएको छ ।  निश्चित विद्यार्थी भिसावाहकका लागि वर्क परमिटको शीघ्र प्रकृया आवेदन दिनसकिने व्यवस्था रहेको छ ।

नयाँ शुल्क फेब्रुअरी २६ बाट लागु हुने भएकाले उक्त मितिमा वा त्यसपछि पोष्टमार्क गरेर प्राप्त भएका आवेदनमा नयाँ शुल्क पठाउनुपर्नेछ । अन्यथा युएससीआईएस शीघ्र प्रकृया अस्वीकार गरेर शुल्क फिर्ता पठाउने जनाएको छ । युएससीआईएसले शीघ्र प्रकृयामार्फत आवेदकलाई छिटो निर्णय दिनुका साथै उल्लेख्य आम्दानी समेत गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com