भजन शिरोमणि भक्तराज आचार्यको निधन


प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो । अचानक अक्सिजनको मात्रा घटेपछि उहाँलाई अस्पताल लगिँदै थियो ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिनुभएको छ । गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार सापकोटाले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँको जन्म बुबा बलभद्र र आमा रेनुकाको कोखबाट विसं १९९९ साल असोज १६ मा भएको थियो। उहाँले साढे एक वर्षमै बुबा गुमाउनुभएको थियो । सोहि बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उहाँ भारतको डुअर्सको चियाबगान पुग्नुभएको थियो जहाँ उहाँले जीवनका ३१ वर्ष बिताउनुभयो । बिस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गएपछि कम उमेरमै उहाँले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो। जस्तोसुकै विपत्तिमा पनि सङ्गीतप्रतिको उनको लगाव जारी नै रह्यो। सङ्गीत प्रभाकरसम्म उहाँले अध्ययन गर्नुभएको थियो ।

तीसको दशकको सुरुवातसँगै उहाँको साङ्गीतिक जीवनले मोड लिएको थियो। २०३० सालमा काठमाडौंमा भएको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा उहाँले गाएको होसियार यसबखत समयको मुखलाई चिन प्रथम भएको थियो र उहाँले स्वर्ण पदक पाउनुभएको थियो । यस गीतका संगीतकार तथा रचनाकार अम्बर गुरुङले पनिस्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम भएपछि उहाँ रेडियो नेपालमा जागिरे हुनुभयो । त्यसयता विसं २०४६ सालसम्ममा उहाँले साढे चार सय गीत रेकर्ड गरिसक्नुभएको थियो । दुई दर्जनबाहेक सबै गीत उहाँले आफ्नै रचनामा तयार पार्नुभएको थियो । उहाँले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत कोएर, ब्यालेट, कविता गायन र चलचित्रको पाश्र्व गायनसमेत गर्नुभयो । युगल गीत भने चारवटा मात्रै गाउनुभयो ।

विसं २०४६ सालको एक साँझ बौद्धमा साङ्घातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो। त्यसयता लगभग उहाँको गायनयात्रामा विराम लागेको थियो। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com