राजकुमार ह्यारीको अमेरिकी भिसाबारे मुद्दा, लागूपदार्थ सेवनले अमेरिकी नागरिकता लिन रोक्नसक्ने


प्रकाशित मिति : फाल्गुन १२, २०८० शनिबार

राजकुमार ह्यारीको संस्मरणलाई उनले ड्रग्स लिएको प्रमाणका रुपमा मान्न नसकिने तर पुस्तकहरू बेच्न सजिलोका लागि उक्त कुरा पुस्तकमा समावेश भएको हुनसक्ने बाइडेन प्रशासनका वकिलले शुक्रबार तर्क गरेका छन् । अमेरिकी सरकारलाई राजकुमार ह्यारीको भिसा आवेदन सार्वजनिक गर्न बाध्य पार्नेबारे वासिंटन डिसीमा मुद्दाको सुनुवाइका क्रममा उनको अवैध लागूऔषध प्रयोगको बारेमा बहस भएको थियो।

एक रूढिवादी थिंक ट्याङ्क हेरिटेज फाउन्डेशनले महिनौंदेखि होमल्याण्ड सेक्युरिटीलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर गरेको छ । उनले आफ्नो सर्वाधिक बिक्रि भएको सस्मरणमा लागुऔषध गरेको स्वीकारोक्तिको परिणाम स्वरूप कागजातहरू सार्वजनिक गरिनुपर्ने मागमा साथ अदालतमा मुद्दा दायर भएको हो ।

विगतमा लागूपदार्थको प्रयोगका कारण उनलाई अमेरिकाको संघीय कानून अन्तर्गत अमेरिका प्रवेश गर्न अयोग्य ठहराउनुपर्ने र उनको आवेदन सार्वजनिक गर्नु सार्वजनिक हितमा हुने तर्क गरिएको छ । तर बाइडेन प्रशासनका वकिल जोन बार्डोले राजकुमार ह्यारीले लागुऔषध प्रयोग गरेको विषयमा पुस्तकलाई प्रमाणका रुपमा लिन नसकिने बताएका छन् ।

हेरिटेज फाउन्डेसनको मार्गरेट थ्याचर सेन्टर फर फ्रीडमका निर्देशक नाइल गार्डिनरले ह्यारीको लागु औषधप्रयोगबारे बाइडेन प्रशासनका वकिलको तर्क हास्यास्पद भएको बताएका छन् । यो राजकुमार ह्यारीको पुस्तक भएको र ह्यारीले आफ्नो पुस्तकमा व्यापक व्यापक लागू औषध प्रयोग सहित कुनै पनि कुरालाई कहिल्यै इन्कार नगरेकोे उनले सुनुवाई पछि बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्यारीले अमेरिकी भिसा लिएर अमेरिका आउनुका तीनवटा सम्भावित तरिकाहरू रहेको सुनुवाईमा तर्क गरिएको थियो । उनले या त आफ्नो भिसा फारममा झुठो बोलेको, ड्रग्स लिने छूटको लागि आवेदन दिएको वा कूटनीतिक भिसामा प्रवेश गरेको हुनुपर्ने अदालतमा बताइएको थियो ।

ई ब्यारेट प्रीटीम्यान कोर्टहाउसमा सुनुवाईको क्रममा बार्डोले राजकुमार ह्यारी ए श्रेणीको भिसामा अमेरिका प्रवेश गरेको बताए । जुन कूटनीतिज्ञहरू र आधिकारिक कर्तव्यहरूको लागि अमेरिका भ्रमण गर्ने विदेशी सरकारी अधिकारीहरूको लागि आरक्षित छ। कूटनीतिक भिसा वाहललाई देशमा रहँदा आफ्नो सम्बन्धित सरकारहरूको लागि मात्र काम गर्न अनुमति दिइन्छ।

ड्यूकले आफ्नो अमेरिकी भिसा आवेदनमा झुट बोलेका थिए वा उच्च प्रोफाइल स्थितिका कारण अधिकारीहरूले उनलाई अनुकूल व्यवहार देखाएका थिए भन्नेबारे प्रश्नहरू उठेका छन्। अप्रिल २०१४ मा सेलिब्रेटी शेफ निगेला लसनलाई कोकिन र गाँजा सेवन गरेको स्वीकार गरेपछि अमेरिकामा उडान गर्न प्रतिबन्ध लगाइएको थियो। त्यस समयमा एक सरकारी प्रवक्ताले लागुऔषध अपराध स्वीकार गरेका विदेशी नागरिकहरूलाई अमेरिकी कानून अन्तर्गत अमेरिका प्रवेश गर्न अस्वीकार्य मान्न सकिने बताएका थिए ।

राजकुमार ह्यारीले फेब्रुअरीमा आफू अमेरिकी नागरिक बन्ने सोचमा रहेको बताएका थिए । उनले यो विचार आफ्नो दिमागमा पुगेको तर अहिले उच्च प्राथमिकतामा नरहेको बताएका थिए । यद्यपि उनी नागरिकताबाट वञ्चित हुने जोखिममा छन् किनभने उनले लिएको स्वीकार गरेको लाुऔषधहरू अमेरिकामा प्रतिबन्धित वा कडा नियन्त्रणमा छन्।

यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेजले प्रकाशित गरेको नीति अनुसार कुनै पनि आवेदनमा उनले आफ्नो उपाधि समेत त्याग्नु पर्ने हुन्छ। उनीहरुले सन् २०१९को अक्टोबरमा यूके छोडेका थिए र विस्तारित पारिवारिक विश्रामको लागि क्यानाडामा एक साथीको घरमा बसेका थिए । त्यसपछि तिनीहरू क्यालिफोर्निया आए र जनवरी २०२० मा घोषणा गरे कि तिनीहरू कार्यरत शाही परिवारबाट बाहिर हुनेछन्।

त्यसपछि उनीहरूले मोन्टेसिटोमा मोर्गेजमा आफ्नै घर किने । जहाँ उनीहरू आफ्ना दुई बच्चाहरूसँग बस्छन्। ह्यारीकी पत्नीले बेलायतमा आफ्नो छोटो समयको अवधिमा बेलायतको नागरिकताको लागि आवेदन गर्ने प्रक्रिया सुरु गरेकी थिइने । उनले यसलाई पूरा गरिनन् । उनी अमेरिकी नागरिक हुन् र बच्चाहरूसँग दोहोरो नागरिकता रहेको रिपोर्ट गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com