कोरोना राहतबाट ११ लाख लिएर गहना र व्यक्तिगत खर्च गर्ने न्युयोर्कको क्वीन्स निवासी व्यक्ति पक्राउ


प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार

न्युयोर्कको क्वीन्स निवासी एक व्यक्ति सरकारको कोरोना राहतबाट जालसाजीपूर्ण तरिकाले ११ लाख डलर लिएर गहना किन्न र अन्य व्यक्तिगत खर्चमा रकम प्रयोग गरेपछि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । ३६ वर्षीय टेरी डोरलाई ठगी र मनी लान्ड्रिङ अभियोगमा बिहीबार संघीय अदालतमा उपस्थित गराइएको थियो ।

आईआरएसका अनुसन्धानकर्ताहरुले यसबारे फेला पारेपछि अभियोग सामने आएको हो । उनले महामारी सम्बन्धित ऋणका लागि टेरी डोर प्रोफेशनल कन्सल्टेन्ट्स नामको नक्कली कम्पनी खडा गरेका थिए, जसको कुनै आम्दानी वा खर्च थिएन ।

a pair of scissors and a roll of money on a table

उनले महामारीबाट प्रभावित व्यवसायहरूलाई महामारीको आर्थिक नतिजाबाट बच्न मद्दत गर्ने सरकारी कोषबाट ११ लाख डलर निकाल्न बनावटी जानकारीले भरिएको आवेदन पेश गरेको युएस एटोर्नीले जनाएका छन् । त्यसपछि उनले रकमलाई गहना किन्न र व्यक्तिगत धितोपत्र कारोबारको लागि प्रयोग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियोगमा डोरले न्यूयोर्क शहरको एक प्रिमियम गहना विक्रेतामा १ लाख २५ हजार डलर खर्च गरेको उल्लेख छ। क्वीन्सको जमैकामा बसोबास गर्ने डोरलाई बिहीबार गिरफ्तार गरिएको थियो भने ५० हजार डलर धरौटीमा रिहा गरिएको अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com