क्यालिफोर्नियाको बे एरियामा आज विहानै भएको दुर्घटनामा नेपालीको मृत्यु


प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार

बिहीबार बिहान क्यालिफोर्नियाको सान पाब्लोमा भएको एकल सवारी दुर्घटनामा नेपालीको मृत्यु भएको छ । दुर्घटनावछि सिटीको प्रमुख सडकमा यातायात अवरुद्ध भएको थियो ।

सान पाब्लो प्रहरीका अनुशार अधिकारीहरूले विहान २ बजेर २१ मिनेटमा सान पाब्लो एभिन्यू र २३ औं स्ट्रिटको क्षेत्रमा दुर्घटना भएको खबर पाएपछि घटनास्थलमा पुग्दा अगाडिपट्टी क्षतिग्रस्त टोयोटा सेडान भेट्टाएका थिए ।

ड्राइभर कारमा एक्लै चढेका थिए । चिकित्सकहरू नआउन्जेल अधिकारीहरूले जीवन बचाउने प्रयास गरेपनि घाइतेको घटनास्थलमै मृत्यु भएको थियो । टोयोटा सान पाब्लो एभिन्यूमा दक्षिणतर्फ जाँदै गरेको थियो भने सान पाब्लो एभिन्यूको वेस्ट कर्ब लाइनमा रहेको कंक्रीट पिलरसँग ठोक्किएर सडक बाहिर पुगेको प्रहरीले जनाएको छ ।

खसोखासले नेपाली चालकको परिचय प्राप्त गरिसकेतापनि परिवारलाई खबर नगरेसम्म चालकको परिचय गोप्य राखिएको छ । दुर्घटनाको कारणबारे अझै पनि अनुसन्धान भइरहेको छ । अधिकारीहरुले दुर्घटनाको कारण मादक पदार्थ भए नभएको निर्धारण गर्न अनुसन्धान गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com