झण्डै डेढलाख जनाको १.२ बिलियन डलर ऋण मिनाहा गर्दै बाइडेन प्रशासन


प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार

बाइडेन प्रशासनले १ लाख ५३ हजार जनाको १ दशमलव २ बिलियन डलर विद्यार्थी ऋण स्वतः मिनाहा गर्दै गरेको बुधबार घोषणा गरेको छ । ऋण मिनाहा पाउनेहरुले आज राष्ट्रपति जो बाइडेनबाट माफीको बारेमा जानकारी दिने इमेल प्राप्त गर्ने डिपार्टमेन्ट अफ एजुकेशनले जनाएको छ ।

गत वर्ष सर्वोच्च अदालतले बाइडेन प्रशासनको व्यापक विद्यार्थी ऋण मिनाहाको योजनालाई अमान्य गरेपछि विद्यार्थी ऋणलाई सम्बोधन गर्न ह्वाइट हाउसको यो नयाँ कदम हो । सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएको योजनामा ४० मिलियन व्यक्तिलाई हरेकको २० हजार डलरसम्मको ऋण मिनाहा समेटिएको थियो ।

बाइडेन प्रशासनले अहिलेसम्म लगभग ३ दशमलव ९ मिलियन व्यक्तिलाई ऋण राहत स्वीकृत गरिसकेको छ । पछिल्लो योजनामा समेटिएका १ लाख ५३ हजार जना व्यक्ति सेभ कार्यक्रममा समेटिएका र १० बर्षसम्मको भुक्तानी गरिसकेका व्यक्तिहरू हुन्। यो कार्यक्रममा योग्य हुनेहरु कलेजका लागि १२ हजार डलर वा सोभन्दा कम ऋण लिएकाहरु हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१२ हजारडलर भन्दा माथि ऋण लिएकाहरुले हरेक १ हजार डलरका लागि भुक्तानीको अतिरिक्त बर्षपछि मिनाहा प्राप्त गर्न सुरु गर्नेछन् । अर्थात् १३ हजार ऋण लिएकाले ११ बर्ष भुक्तान गरिसकेपछि र १४ हजार ऋण लिएकाले १२ बर्ष भुक्तान गरिसकेपछि बाँकी ऋणमा मिनाहा प्राप्त गर्नेछन् । ऋण मिनाहा पाउनका लागि उधारकर्ताले कुनै कदम चाल्न नपर्ने डिपार्टमेन्ट अफ एजुकेशनले जनाएको छ ।

सेभ कार्यक्रममा समावेश भएका हरेकले २० देखि २५ बर्षसम्म ऋण तिरेपछि बाँकी ऋण मिनाहा पाउने प्रावधान पहिलेदेखि नै रहेको छ । बाइडेन प्रशासनले यही प्रावधानलाई १० बर्षमा झारेको हो । अहिलेसम्म साढे ७ लाख व्यक्तिहरु सेभ कार्यक्रममा समावेश छन् । सेभ कार्यक्रममा समावेश हुनका लागि उधारकर्ताले यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com