न्युयोर्कमा ज्यान गुमाएकी २७ बर्षीया नेपाली नर्सको अन्तिम विदाईमा सघाउन गोफण्डमी


प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार

झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाली नर्स इनु योल्मोको न्युयोर्कमा निधनभएपछि शव नेपाल पठाउन र दाहसंस्कारका लागि गोफण्डमीमा अभियान सुरु गरिएको छ । ह्योल्मो सोसाइटी अफ अमेरिकाले सुरु गरेको सहयोग अभियानमा १० हजार डलरको लक्ष्य लिइएको छ भने यो समाचार तयार पार्दासम्म ४५२३ डलर संकलन भएको छ । सोसाइटीले भनेको छ। हरेक तपाईको योगदानले उनको शोकमा परेको परिवारको बोझ मात्र कम गर्दैन तर अरूलाई मद्दत गर्न समर्पित जीवनलाई श्रद्धांजलि पनि दिन्छ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

इनु योल्मोको मंगलबार बिहान ३ बजेर ३५ मिनेटमा न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा निधन भएको थियो । ईलाम नाम्सालिङकी  इनु योल्मो क्यान्सरले सिकिस्त भएपछि माउन्ट साइनाई अस्पतालमा आईसीयुमा राखिएको थियो । उनी गत फागुनदेखि बिरामी भएकी थिइन् । उनी जुलाईको दोश्रो साता अमेरिका आएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका आइसकेपछि उनी अमेरिकाको न्युयोर्कमा नर्सको रुपमा कार्यरत रहदै आएकी थिइन् । गत नोभेम्बरमा अत्यन्तै पेट दुखेपछि उनी अस्पतालमा चेकजाँचका लागि पुगेकी थिइन् । त्यसपछि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर शरीरको अन्य भागमा पनि फैलिसकेकाले उनलाई डाक्टरले बचाउन सकेनन् ।

अविवाहित योल्मोको अमेरिकामा कुनै पनि आफन्तहरु नभएकाले नेपालबाट बुबाआमा र भाईलाई बोलाउन खोजिएको थियो । तर प्रकृया नपुगेको भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि परिवारका सदस्यहरु पनि अमेरिका आउन पाएनन् । जसले गर्दा अन्तिम क्षणमा परिवारका सदस्यलाई भेट्ने उनको धोको पनि अधुरो भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com