न्युयोर्कका नेपाली उबर चालकले पाए साढे १४ लाख डलर क्षतिपूर्ति


प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार

न्युयोर्कका नेपाली उबर चालकले सन् २०१५ मा भएको एउटा दुर्घटनामा साढे १४ लाख डलर क्षतिपूर्ति पाएका छन् । झण्डै साढे ८ बर्षसम्मको कानूनी लडाईपछि उनले क्षतिपूर्ति पाउन सफल भएका हुन् ।

सन् २०१५ मा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एकजना यात्रु छाडेर फर्कने क्रममा उनको गाडीलाई विमानस्थल नजिकै एयरलाइन्सको शटल बसले ठक्कर दिएको थियो । दुर्घटनामा उनी घाइते भएका थिए ।

घाइते भएका कारण काममा जान नसक्ने अवस्था आएपछि उनले ब्लाक कार फण्डबाट अपंगता भत्ता समेत प्राप्त गरेका थिए भने ठक्कर दिने बस कम्पनीविरुद्ध मुद्दा दायर गरिएको थियो । बस कम्पनीले पनि आफ्नो गल्ती नभएको दावी गर्दै मोसन फाइल गरेको थियो । तर न्यायाधिसले उबर चालकका तर्फबाट फाइल गरेको मोसन अगाडि बढाउन स्वीकृति दिए भने बस कम्पनीका तर्फबाट फाइल गरिएको मोसन अस्वीकृत गरिदिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुरी छनौट प्रकृयामा रहेको बेलामा बस कम्पनीले १४ लाख डलर ५० हजार डलर क्षतिपूर्ति दिन तयार भएपछि मुद्दा समाप्त भएको छ । क्वीन्स सुप्रिम कोर्टमा फाइल गरेको उक्त मुद्दामा उबर चालकका तर्फबाट नेपाली मूलका कानुन व्यवसायी दुर्गा भूर्तेलले प्रतिनिधित्व गरेका थिए । चालकलाई क्षतिपूर्ति दिलाउन सफल भएकोमा खुशी व्यक्त गर्दै कानुन व्यवसायी भूर्तेलले यसबाट पीडितलाई केही राहत मिलेको बताए ।

कानुन व्यवसायी भुर्तेलले व्यक्तिगत चोटपटकका मुद्दाको प्रतिनिधित्व गर्दै आएका छन् भने कैयन मुद्दामा उल्लेख्य सफलता हासिल गर्दै आएका छन् । लेड मुद्दामा उनले पीडितलाई २८ लाख ७० हजार क्षतिपूर्ति दिलाउन सफल भएका थिए भने निर्माणकार्यका क्रममा घाइते एकजना नेपालीलाई २८ लाख डलर क्षतिपूर्ति दिलाएका थिए । ब्रुकलिनमा एकजना व्यक्तिलाई फेडेक्सको ट्रकले हानेको मुद्दामा उनी ४ लाख ५० हजार डलर क्षतिपूर्ति दिलाउन सफल भएका थिए ।

कानुन व्यवसायी दुर्गा भूर्तेल

त्यस्तै क्वीन्समा भवन अगाडि साइडवाकमा हिड्ने क्रममा साइडवाक भत्केका कारण घाइते भएका नेपालीलाई ४ लाख डलर क्षतिपूर्ति दिलाउन सफल भएका थिए । त्यस्तै गतबर्ष लण्ड्रीमा काम गर्ने एक नेपाली कपडा पिकअप गरेर फर्कने क्रममा अपार्टमेन्टको ढोकाले थिचेर घाइते भएपछिको मुद्दामा १२ लाख ७५ हजार क्षतिपूर्ति दिलाउन सफल भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com