नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्द गर्नुपर्नाको कारणसहित ५७ पेजको तर्क अमेरिकी अदालतमा पेश


प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार

नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दबारे अमेरिकाको वासिंटन डिसीमा चलिरहेको मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दावी गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरेको छ । फेडेरेशन अफ स्टेट मेडिकल बोर्डका मुख्य मूल्याङ्कन अधिकारी डेभिड जोन्सन, नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका बरिष्ठ अधिकारी क्रिस फेडक, युएसएमएलईका उपाध्यक्ष एलेक्स जे मेचाबर, एसोसिएट उपाध्यक्ष डेनियल जुरिच, युएसएमएलईका सेवाग्राही अनुभव निर्देशक कोलिन वार्डले आफ्ना घोषणाहरु बुझाएका छन् भने साथमा बर्गीय मुद्दाका विरुद्धमा १४ पेज लामो र प्रारम्भिक आदेशको मागविरुद्धमा ४३ पेज लामो जवाफ समेत बुझाएका छन् । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका तर्फबाट मुद्दाको प्रतिनिधित्व मिउ क्यारोलिनले गरेकी छिन् ।

युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्नका लागि प्रारम्भिक आदेशको माग गर्दै दायर मुद्दाका सन्दर्भमा प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ को बेलुका ५ बजेसम्म आफ्ना तर्कहरु पेश गर्न अदालतले समयसिमा दिएकोमा उक्त समयसिमा सकिनु केही मिनेट अगाडि ती कागजातहरु पेश गरिएको अदालतको रेकर्डमा देखिएको छ । अब प्रभावित नेपाली डाक्टरहरुलाई त्यसको जवाफ पठाउनका लागि सोमबार बेलुका ५ बजेसम्मको समयसिमा रहेको छ । त्यसपछि अदालतले वादीको मुद्दाको सन्दर्भमा फेब्रुअरी २१ को बेलुका ५ बजे वा त्योभन्दा अगाडि आदेश जारी जनाएको छ ।

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध फेब्रुअरी १२ मा अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टले सोही दिन नै आदेश जारी थियो । युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस रुडोल्फ कोन्त्रेरसले एक आदेश जारी गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेका थिए । अब यो मुद्दा न्यायाधिस क्रिस्टोफर कुपरको बेन्चमा पुगेको छ ।

a book on a desk

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रभावित  डाक्टरका तर्फबाट दायर गरेको मुद्दामा निर्णय गर्दै न्यायाधिस कोन्त्रेरसले वादीहरूले युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्न प्रारम्भिक निषेधाज्ञा अनुरोधको सम्बन्धमा चलिरहेको अदालतको मुद्दाको सन्दर्भमा द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ३१ जनवरी २०२४ वा आसपासमा स्कोर रद्दको सूचनाहरू प्राप्त गर्ने व्यक्तिहरूबाट कुनै पनि आवश्यक जवाफको लागि अन्तिम म्याद स्थगित गर्ने निर्णय गरेको थियो । नयाँ समयसीमा अदालतले आफ्नो निर्णय जारी गरेपछि निर्धारण हुनेछ ।

अदालतको आदेश अनुशार द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले आफ्नो हालैको सूचनाको जवाफ दिनको लागि अन्तिम म्याद वादीको प्रारम्भिक आदेशको लागि अनुरोधमा अदालतको निर्णय नआउँदासम्मका लागि पछाडि सानुपर्नेछ । यो सम्बन्धित वर्गमा पर्ने अर्थात् प्रभावित सबै डाक्टरहरुका सन्दर्भमा लागू हुनेछ । द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले एजुकेशनल कमिसन फर फरेन मेडिकल ग्रयाजुएट, फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र म्याचलाई पनि यो विस्तारको बारेमा जानकारी दिनुपर्नेछ ।

कुनै पनि पक्षले अन्य सम्भावित चासो राख्ने तेस्रो पक्षहरूलाई जवाफ दिने समयसिमा विस्तारबारे सूचित गर्न सक्ने अदालतको आदेशमा उल्लेख छ । साथै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावितहरुलाई निर्णय पठाउन वा जवाफ दिनका लागि तय भएका कुनै पनि डेडलाइनहरु अदालतले प्रारम्भिक आदेश जारी नगर्दासम्म स्थगित हुनेछन् । योसँगै मुद्दाका प्रभावित डाक्टरहरुले युएसएमएलईको स्कोर रद्द गर्ने निर्णयमा संलग्न अन्य पक्षलाई सूचित नगरी एकतर्फी रुपमा अस्थाई रोक लगाउने आदेशका लगि गरेको माग भने अस्वीकार गरिएको थियो ।

द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले वादी वा कुनै पनि प्रभावितहरुको कारणले कुनै राहत वा सबैलाई समेट्ने राहतको प्रतिज्ञा स्वीकार नगर्ने अदालतलाई थाहा भएको र प्रारम्भिक निषेधात्मक राहतको लागि अनुरोधसहितको वादीको उजुरी र उसलाई भएका सबै अधिकार र प्रतिरक्षाहरू द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरमा सुरक्षित रहने अदालतको आदेशमा जनाइएको थियो ।

युएसएमएलई कार्यक्रमले  अनुसन्धान पछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको पत्ता लागेको भन्दै उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् । युएसएमएलई परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गरेपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले नआउनका लागि सुचित गरिसकेको  छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com