न्युयोर्क सिटीमा ट्रेनको लिकमा भेटियो मान्छेको खुट्टा


प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार

न्युयोर्क सिटीमा ट्रेनको लिकमा मानव खुट्टा भेटिएको छ । शनिबार ब्रोंक्समा ४ नम्बर ट्रेनको लिकमा मान्छेको खुट्टा भेटिएको अधिकारीहरुले बताएका छन् ।

उक्त खुट्टा दिउँसो १ बजेतिर १६७ औं र १७० औं स्ट्रीटको बीचमा फेला परेको थियो । एक रेल कन्डक्टरले बिहानको हिमआँधीपछि सफा गरिरहेका बेला लिकमा खुट्टा देखेका थिए ।

त्यसपछि आउने रेल खुट्टामा दौडनु अघि नै राकिएको थियो । जसका कारण केहीबेर सेवा अवरुद्ध भएको थियो । लिकमा मानव अवशेषहरू फेला परेपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अधिकारीहरुले यो कसको खुट्टा हो र कसरी त्यहाँ पुग्यो भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन्। खुट्टा मेडिकल परीक्षकलाई हस्तान्तरण गरिएको छ।

सिटी मेडिकल परीक्षकले व्यक्तिको पहिचान र उनको मृत्यु कसरी भयो भनेर पत्ता लगाउन प्रयासको एक भागको रूपमा परीक्षणहरू गरिरहेको प्रहरीले जनाएको छ । अपराध गरेको हो वा होइन भन्ने अझै स्पष्ट भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com