हिरोशिमालाई ध्वस्त पार्ने त्यो युद्धपोत…


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत ‘युएसएस इण्डियानापोलिस’ को भग्नावशेष ७२ वर्षपछि फेला परेको छ।

उक्त युद्धपोतको भग्नावशेष साढे पाँच किलोमिटर गहिराइमा समुद्र सतहमा फेला परेको हो।

एउटा गोप्य मिसनबाट फर्केने क्रममा उक्त युद्धपोत जापानी आक्रमणमा परेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त युद्धपोत एउटा गोप्य मिसन अन्तर्गत परमाणु बम पुर्‍याउन गएको थियो र पछि हिरोशिमामा त्यसको प्रयोग गरियो।

परमाणु हमला

युद्धपोतमा सवार १,१९६ मध्ये ३१६ जनालाई बचाउन सकिएको थियो।

अमेरिकी नौसेनाको इतिहासमा त्यो सबैभन्दा ठूलो दुर्घटना थियो।

सन् १९४५ को जुलाइ ३० तारिख फिलिपिन्सको समुद्र नजिक गुआम र लाफिएटको बीचमा जापानी पनडुब्बीको आक्रमणमा परी उक्त युद्धपोत डुबेको थियो।

घटनाको चार दिनपछि ३१६ जनालाई जीवित फेला पारिएको थियो।

युद्धपोत

उनीहरु फेला परेको समुद्री क्षेत्र शार्कबाट प्रभावित थियो।

करिब १२ मिनेटभित्र उक्त युद्धपोत समुद्रमा डुबेको थियो र कुनै आपतकालीन सम्पर्क नभएका कारण त्यो स्थान पत्ता लगाउन लामो समयसम्म चुनौतीको सामना गर्नुपर्‍यो।

माइक्रोसफ्ट कर्पका सह-संस्थापक पल एलेनसहित १३ जनाको टोलीले यही अगस्ट १८ तारिखमा उक्त युद्धपोतको भग्नावशेष फेला पारेको हो।

अनुसन्धान

प्रशान्त महासागरको उक्त क्षेत्रमा सो घटना हुनु एक दिनअघि एउटा युद्धपोत देखिएको नौसैनिक इतिहासविद्हरुको एउटा नयाँ अनुसन्धानले देखाएको थियो।

उक्त युद्धपोत आफ्नो अन्तिम मिसनका निम्ति चर्चित थियो।

त्यसमा परमाणु बमका पार्टपुर्जा र परमाणु ‘रिएक्शन’का लागि युरेनियम इन्धन पनि लगिएको थियो।

विश्वयुद्धको अन्तिम वर्ष तिनिआन टापुस्थित अमेरिकी अखडामा ती सामानहरु पुर्‍याइएका थिए जसबाट विश्वमा पहिलो परमाणु हमला गरिएको थियो।

युद्धपोत

उक्त युद्धपोत डुब्नुअघि हिरोशिमामा आक्रमण गरिसकिएको थियो।

‘फ्याट म्यान’ नामक बम नागासाकीमा खसालिएको थियो जुन घटनापछि जापान आत्मसमर्पणका लागि तयार भयो र दोस्रो विश्ययुद्ध समाप्त भयो।

बलिदान

एलेनले भने, “दोस्रो विश्वयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इण्डियानापोलिसका बहादुर मानिसहरु र उनीहरुका परिवारप्रति सम्मान प्रकट गर्नका निम्ति यो ठूलो खोज हो। अमेरिकी नागरिकका रुपमा हामी सो युद्धपोतमा सवार सबैका साहस र बलिदानका ऋणी छौँ।”

फेला पारिएको युद्धपोतलाई युद्ध स्मारकका रुपमा संरक्षण गरिने बताइएको छ।

युद्धपोतबाट बाँच्न सफलमध्ये २२ जना अझै जीवितै छन्।

उनीहरुका प्रवक्ताले भने, “डुबेको युद्धपोत कहिले भेटिन्छ भनी सबैलाई प्रतीक्षा थियो।”

अनुसन्धानका लागि प्रयोग गरिने एलेनको जहाज ‘पेट्रेल’ खासगरी यस्तै उद्देश्यका लागि बनाइएको छ।

यसअघि उनको टोलीले दोस्रो विश्वयुद्धका बेला डुबेको एउटा जापानी युद्धपोत र इटलीको नौसेनाको एउटा जहाज पनि फेला पारेको थियो।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com