रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड मार्चमा पनि करेन्ट, अन्य श्रेणीमा भने थप निराशा


प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड मार्चमा पनि करेन्ट हुने भएको छ । सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नभएकोमा त्यसपछि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट हुँदै आएको छ । अर्थात् मार्चमा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ ।

तर मार्चका लागि युएससीआईएसले भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मान्दा अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्ड कुरिरहेकाहरुलाई भने थप निराश बनाएको छ । यस अगाडि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ डेटलाई आधारमान्दै आएको थियो ।

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डका लागि फेब्रुअरीमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति क्रमशः १५ फेब्रुअरी २०२३ र १ फेब्रुअरी २०२३ रहेकोमा अब मार्चमा २२ नोभेम्बर २०२२ र ८ सेप्टेम्बर २०२२ भएर अझ पछाडि सरेको छ । अर्थात् ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्रतिक्षा अवधि अझ बढेको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको अनस्कील्ड अन्य कामदारका सन्दर्भमा पनि ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्रतिक्षा अवधि मार्चमा बढेको छ । फेब्रुअरीमा १५ डिसेम्बर २०२० भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड फाइल गर्न सक्ने भएतापनि मार्चका लागि ८ सेप्टेम्बर २०२० भन्दा अगाडिमात्र प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । चौथो श्रेणी र अन्य धार्मिक कामदारका सन्दर्भमा भने प्रतिक्षा अवधि ३ महिना घटेको छ ।

मार्चमा परिवार र रोजागारमा आधारित ग्रिनकार्ड आई ४८५ आवेदन दिने प्राथमिकता मितिहरु

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com