५ पटक देशनिकाला भएकाले चलाएको गाडीको ठक्करबाट टेक्सासमा १० बर्षका बालकको मृत्यु


प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार

पहिले अमेरिकाबाट ५ पटक देशनिकालका गरिएका एकजना कागजपत्रविहिन आप्रवासीले चलाएको ट्रकको ठक्करबाट टेक्सासमा एक १० वर्षीय बालकको मृत्यु भएपछि चालकविरुद्ध अभियोग दर्ता गरिएको छ । बालकलाई ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए ।

५० वर्षीय रोजेलियो ओर्टिजलाई गत हप्ता मिडल्याण्ड प्रहरीले गिरफ्तार गरेको थियो । फेब्रुअरी ८ को दिउँसो बालकलाई कालो ट्रकले ठक्कर दिएको आरोपमा उनीमाथि हिट एन्ड रन दुर्घटनाको आरोप लगाएको थियो। मिडल्याण्डको साउथ लामेसा रोडको १९०० ब्लकमा उक्त घटना भएको थियो, जुन सान एन्टोनियोको ३२० माइल उत्तरपश्चिममा छ।

एलेक्स वाइज नाम गरेका ती बालकलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो । तर भोलिपल्ट चोटबाट उनको मृत्यु भएको थियो । चालक ओर्टिज विगतमा अध्यागमन हिरासतमा थिए र कम्तिमा पाँच पटक देशनिकाला गरिएको थियो । पहिलो पटक देशनिकालाका क्रममा लिइएको औंठाछापबाट उनको पहिचान पुष्टि भएको थियो।

मिडल्याण्ड काउन्टी प्रहरीको वेबसाइटका अनुसार ओर्टिजले मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगको पनि सामना पनि गरिरहेका छन् । तर त्यही घटनाका बेला हो वा अन्य बेलामा हो भन्ने प्रष्ट छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com