२ वर्षमा पहिलो पटक ३७ लाखलाई विशेष पत्र पठाउँदै आईआरएस, पत्र आए के गर्ने?
प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार
महामारी पछि पहिलो पटक अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले ३७ लाखलाई संकलन पत्र पठाउँदैछ। तर यो पत्रको अर्थ तपाईमा अडिटमा पर्नुभएको भन्ने होइन । स्वचालित रिमाइन्डर सूचनाहरू जनवरीमा पुन पठाउन सुरु गरिएको थियो भने अर्को केही महिनाहरूमा डेलिभर हुने तय गरिएको छ ।
यी सूचनाहरू प्राविधिक रूपमा एलटी ३८ का रुपमा चिनिन्छ । यी पत्रहरु पठाउन महामारीको समयमा होल्ड गरिएको थियो तर अब २०२० वा २०२१ को ट्याक्सको बिल तिर्न बाँकी रहेका करिब ३७ लाख करदाताहरूलाई अहिले पठाउन सुरु गरिएको छ ।

यो पत्र अडिट नोटिनस नभएर बाँकी रहेको ट्याक्स तिर्नका लागि पठाइएको सुचनामात्र हो । उक्त पत्रमा बाँकी रहेको बिलको रकम कसरी तिर्ने भन्नेबारे उपायहरु पनि दिइएको हुन्छ । यदि तपाईंले यो सूचना प्राप्त गर्नुभयो भने तपाईंलाई महामारीको समयमा केही सङ्कलन सूचनाहरू निलम्बन गरिएको जानकारी दिइएको र बाकी रहेको रकम तिर्नका लागि अपडेट प्रदान गरिएको तर यो अडिट नभएको आईआरएसले वेबसाइटमा जनाएको छ ।
ब्याज र जरिवाना कम गर्न सक्दो चाँडो भुक्तान गर्नु सधैं करदाताको उत्तम हितमा हुने आईआरएसले जनाएको छ । विज्ञहरूले पत्र प्राप्त गर्ने जो कोहीलाई प्रदान गरिएको नम्बरमा कल गर्न र कर पेशेवरको मद्दत लिन सिफारिस गर्छन्।

आईआरएसले सूचनालाई ध्यानपूर्वक पढ्न र यसका निर्देशनहरू पालना गर्न सुझाव दिएको छ । साथै छुटेको ट्याक्स रिटर्न फाइल गर्न तथा ब्याज र दण्डबाट बच्नको लागि आफ्नो भुक्तान नगरिएको ब्यालेन्स तिर्न आईआरएसले सुझाव दिएको छ । यदि सबै ब्यालेन्स तिर्न नसके भुक्तान योजनाहरू बनाउन सुझाव दिइएको छ ।






