मंगलबार खोलिने मेगा मिलियन ज्याकपट पुग्यो झण्डै ५ सय मिलियन
प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार
अमेरिकामा आगामी मंगलबार खोलिने मेगा मिलियन ज्याकपट झण्डै ५ सय मिलियन डलर पुगेको छ । शुक्रबार राति पाँचवटा सेतो बल र एउटा रातो मेगाबलसँग कुनै पनि टिकटहरू मेल नखाएपछि अब यो ४९३ मिलियन डलर पुगेको हो । अब यो खेलको इतिहासमा १४ औं सबैभन्दा ठूलो ज्याकपट र यस वर्षको सबैभन्दा ठूलो मेगा मिलियन ज्याकपट बनेको छ ।
ज्याकपट जित्नका लागि सबै छ बलहरू मिलाउनुपर्छ । भाग्यशाली विजेताले ३० वार्षिक किस्तामा वा एकमुष्ठ २३१ डलर नगद लिने विकल्प हुनेछ । यद्यपि संघीय करहरूले यो रकमलाई केही घटाउँछ । एकमुष्ट रकम लिंदा अनिवार्य २४ प्रतिशत संघीय कर तिर्दा विजेताका हातमा १७५ मिलियन पर्छ । ३७ प्रतिशत सम्मको संघीय सीमान्त दरले यसलाई १४५ मिलियनमा झार्छ भने केही राज्यहरुमा राज्यको कर समेत तिर्नुपर्छ ।
मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

तर लामो अनुसन्धानले देखाउँछ कि स्टक बजार लोटरी किन्नुभन्दा राम्रो विकल्प हो। लोटरीको सपना देख्ने कुनै व्यक्तिले सन् २००२ देखि लोटरी टिकटहरूमा प्रत्येक महिना ४० डलर खर्च गरेमा यो रकम प्रत्येक वर्ष ४८० डलर हुन आउँछ । त्यो सबै रकम प्राय हार्ने सम्भावनामा नै पर्छ । यसरी हिसाब गर्दा २० बर्षमा तपाईले झण्डै १० हजार डलर गुमाउनुहुनेछ ।
लोटरी सपना देख्नुको सट्टा त्यो व्यक्ति स्टक मार्केटमा लगानी गरेको खण्डमा बढी नाफा कमाउन सक्ने विज्ञहरु बताउँछन् । उक्त व्यक्ति हरेक महिना ४० डलर एस एण्ड पी ५०० मा हालेको भएमा उक्त व्यक्तिले २० बर्षमा झण्डै २२ हजार डलर नाफा कमाउन सक्थ्यो । उक्त स्टकको बार्षिक बृद्धिदर सन् २००२ देखि २०२२ सम्म ८ प्रतिशत रहेको थियो ।
यदि तपाईं मेगा मिलियन्स लटरी ज्याकपट जित्ने सपना देख्दै हुनुहुन्छ भने तपाईंले यो लोकप्रिय भाग्यशाली विजेता नम्बरहरूको सूची जाँच गर्न सक्नुहुन्छ। यद्यपि विज्ञहरूका अनुशार मेगा मिलियन्स लटरी बिनबाट बाहिर निस्कने प्रत्येक नम्बरको लागि चान्स ठ्याक्कै समान छन् ।





