बजेट अभावका कारण हिराशतमा रहेका हजारौं कागजपत्रविहिनलाई रिहा गर्ने आइसको योजना


प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले बजेट अभावका कारण अध्यागमन हिराशतको क्षमता घटाउने र हजारौं कागजपत्रविहिन आप्रवासीहरूलाई रिहा गर्ने आकस्मिक योजनाको मस्यौदा तयार गरेको जनाइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गत वर्ष अमेरिका मेक्सिको सिमानामा कागजपत्रविहिन आप्रवासीहरूको रेकर्ड संख्या सामना गर्दा त्यसमा संघीय स्रोतहरू र कोषहरू लगानी भएको छ । ह्वाइट हाउस समक्ष राष्ट्रिय सुरक्षा अनुरोधको भागको रूपमा सीमा सुरक्षा कोषमा १४ बिलियन डलरको लागि अनुरोध गरेकोमा ७ दशमलव ६ बिलियन मात्र प्रदान गरिएको थियो ।

(हेरिका मार्टिनेज / एएफपी )

राष्ट्रपति जो बाइडेनले बारम्बार कांग्रेसलाई अमेरिका मेक्सिको सीमामा स्थितिको सामना गर्न थप स्रोतहरू दिन आग्रह गरेका छन् । उनले सिमा सुरक्षामा रिपब्लिकनहरूलाई थप काम नगरेकोमा दोष दिएका छन् । आइसलाई ऐतिहासिक रूपमा कम रकम उपलब्ध गराइएको छ भने ७ सय मिलियन घाटामा रहेको छ । अध्यागमन हिराशत र देशनिकालाका उडानहरुमा आइसको ठूलो रकम खर्च हुँदै आएको छ ।

रिपब्लिकन सांसदहरूले गत हप्ता विरोध गरेको द्विपक्षीय सीमा विधेयकले आइसको अपरेसनहरूको लागि ६ बिलियन पूरक कोषको व्यवस्था गरेको थियो । बिल पारित हुन नसक्दा आइस अधिकारीहरूलाई हजारौं कागजपत्रविहिनहरुलाई रिहा गरेर बेडको संख्या ३८ हजारबाट २२ हजारमा झार्ने आन्तरिक प्रस्ताव तयार गरिएको छ । जसले आइसको बजेटमा बचत हुनसक्ने अपेक्षा गरिएको छ ।

जनवरीमा अमेरिकी सीमा गस्तीले अमेरिका मेक्सिको सीमामा १ लाख २४ हजार २२० मुठभेडहरू रिपोर्ट गरेको थियो। उल्लेखनीय रूपमा भेनेजुएलाका नागरिकहरु अमेरिका आउने संख्यामा भने उल्लेखनीय गिरावट आएको थियो । डिसेम्बरमा झण्डै ५८ हजारको तुलनामा जनवरीमा लगभग ११ हजार भेनेजुएलाका नागरिकसँग मुठभेड भएको थियो । अमेरिका र मेक्सिको दुबैले भेनेजुएलाका लागि देशनिकालाका उडानहरू पुनः सुरु गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com