नेपाली नर्स इनु योल्मो न्युयोर्कमा क्यान्सरले सिकिस्त, म्यानहटनको अस्पतालमा भेन्टिलेटरमा


प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार

झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाल नर्स इनु योल्मो न्युयोर्कमा क्यान्सरले सिकिस्त भएकी छिन् । उनलाई अहिले न्युयोर्क म्यानहटनको माउन्ट साइनाई अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । नेपालको इलामकी योल्मो गत फागुनदेखि बिरामी भएकोमा अहिले उनको अवस्था निकै नाजुक बनेको उनकी साथी मनिषा बुढाले खसोखासलाई जानकारी दिइन् । उनी जुलाईको दोश्रो साता अमेरिका आएकी थिइन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका आइसकेपछि उनी अमेरिकाको न्युयोर्कमा नर्सको रुपमा कार्यरत रहदै आएकी थिइन् । गत नोभेम्बरमा अत्यन्तै पेट दुखेपछि उनी अस्पतालमा चेकजाँचका लागि पुगेकी थिइन् । त्यसपछि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर शरीरको अन्य भागमा पनि फैलिसकेकाले उनको अवस्था सिकिस्त भइसकेको जनाइएको छ ।

अविवाहित योल्मोको अमेरिकामा कुनै पनि आफन्तहरु नभएकाले नेपालबाट बुबाआमा र भाईलाई बोलाउन खोजिएको थियो । तर प्रकृया नपुगेको भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि परिवारका सदस्यहरु पनि अमेरिका आउन पाएका छैनन् । थप कागजातसहित परिवारका सदस्यका लागि फेरि भिसा आवेदन दिने तयारी भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कका नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आफूलाई सम्पर्क गरेर बिरामीको स्थीतिबारे जानकारी लिएको र केही प्रतिनिधिहरु अस्पतालमा पनि आउने गरेको साथी मनिषा बुढाले जानकारी दिइन् । उनले बिरामीको अवस्था चिन्ताजनक भएकाले सहयोगका लागि अमेरिकामा रहेका नेपाली समुदाय र संघ संस्थाहरुलाई आव्हान समेत गरेकी छिन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com