क्यानडामा दुर्घटनामा २ विद्यार्थीको मृत्युपछि मधु थापा मगरविरुद्ध आधादर्जन गम्भिर अभियोग


प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार

क्यानडामा भएको दुर्घटनामा २ विद्यार्थीको मृत्युपछि प्रहरीले गाडी चालक मधु थापा मगरविरुद्ध आधादर्जन अभियोग लगाएको छ । मंगलबार बिहान मिडलसेक्स सेन्टरमा तीनवटा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएपछि २६ वर्षीया युवाले करिब आधा दर्जन अभियोगहरुको सामना गरिरहेका छन्। लापरवाहीपूर्वक गाडी चलाएका कारण २ जनाको ज्यान गएको र ३ जना गम्भिर घाइरते भएको अभियोग उनीविरुद्ध लगाइएको छ ।

दुर्घटनापछि १० जनालाई अस्पतालमा लगिएको थियो भने २३ २६ बर्षका २ जना नेपाली विद्यार्थीहरुको दुर्घटनाका कारण मृत्यु भएको थियो। अन्य ८ जनाको अवस्थाबारे केही जानकारी नगराइएपनि ३ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । मिडलसेक्स काउन्टी ओन्टारियो प्रोभिन्सल पुलिसले बुधबार मधु थापा मगर विरुद्धका अभियोगहरुको घोषणा गरेको हो । जसमा २ वटा अभियोगहरु खतरनाक तरिकाले गाडी चलाएका कारण २ जनाको मृत्यु भएको छन् भने ३ वटा खतरनाक तरिकाले गाडी चलाएका कारण ३ जना घाइते भएको अभियोगहरु छन् । उनलाई धरौटी तोकेर हिराशतमा राखिएको छ ।

घटनाबारे जानकारी दिदै प्रहरी

खतरनाक तरिकाले गाडी चलाएका कारण ज्यान गएको अभियोग लगाइनु गाडी दुर्घटनाका सन्दर्भमा सबैभन्दा गम्भीर आरोप हो । दोषी ठहरिएमा यसले अधिकतम आजीवन कारावास र जरिवाना हुनसक्छ । त्यस्तै खतरनाक तरिकाले गाडी चलाएका कारण घाइते भएको अभियोगमा चोटपटकको गम्भीरताका आधारमा विभिन्न सजायहरु हुनसक्छ । दुर्घटनापछि टेन माइल र इल्डरटन रोड बीचको हाइबरी एभिन्यू नौ घण्टाको लागि बन्द गरिएको थियो ।

यसैबीच क्यानडामा रहेको नेपाली दूतावासले ओन्टारियोमा भएको दुर्घटनामा २ जना नेपाली बिद्यार्थीहरूको दुःखद निधन भएकोमा गहिरो शोकसहित मृतकप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । दुर्घटनामा घाइते अन्य बिद्यार्थीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दूतावासले दुखद घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । नेपाली राजदूतावास, एनआरएनए क्यानडा, अन्य सामाजिक अभियन्ता, संघसंस्थाहरु तथा क्यानडाका सम्बन्धित निकायहरुको समन्वयमा छिट्टै शब नेपाल फर्काउने प्रयास भइहेको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओन्टारियो प्रोभिन्सल पुलिस

दुर्घटनामा पर्नेहरू सबैजना उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू हुन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुको युवती रहेको जनाइएको छ ।
मृत्यु भएका एकजना किचेनरको कोनेस्टोगा कलेजमा अर्का फेन्सअ अलेजमा अध्ययनरत थिए । स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको जनाइएको छ । उनीहरु दुई वर्षअघि क्यानडा आएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com