रिजर्भ सेनालाई अमेरिकी नागरिकता दिनमा रोक


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

अमेरिकी सेनाको रिजर्भ फोर्सलाई नागरिकता दिने प्रकृयामा पेन्टागनले रोक लगाएको छ । इमिग्रेशन नेशनालिटी एक्टको सेक्सन ३२९ अनुशार अमेरिकी सेनामा रिजर्भ फोर्सका रुपमा भर्ना भएकाहरुले समेत तुरुन्तै अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने प्रावधान रहेको थियो ।

कैयन नेपालीहरुलेसमेत अमेरिकी रिजर्भ सेनाका रुपमा भर्ना भएर ग्रिनकार्डबाट पाँचबर्ष नकुरिकनै सिधा अमेरिकी नागरिकता प्राप्त गर्दै आएका थिए । कतिपय नेपालीहरुले रिजर्भ सेनाका रुपमा भर्ना भएर ग्रिनकार्ड समेत प्राप्त नगरी माभ्नी कार्यक्रम मार्फत गैरआप्रवासीभिसाबाट अमेरिकी नागरिकता प्राप्त गर्दै आएका थिए ।

अमेरिकी सेनाका लेफ्टीनेन्ट जनरल रिजर्भ सेनाका प्रमुख चाल्र्स डि लकीले रिजर्भ फोर्समा रहेका व्यक्तिका लागि सैन्य सेवामा काम गरेको प्रमाणित गर्ने एन ४२६ फर्म प्रदान नगर्न माताहतका निकायहरुलाई निर्देशन दिएका छन् । उनले प्रारम्भीक प्रस्थान तालिम आई ई टी प्राप्त नगरेका सिपाहीहरुलाई एन ४२६ फर्म प्रदान गर्नमा रोक लगाएका हुन् । यो फर्म प्रदान नगरेसम्म अमेरिकी सरकारको युएससीआईएसले सेनामा भर्ती भएकाहरुलाई नागरिकता प्रदान गर्दैन ।

रिजर्भ सेनालाई नागरिकता पाउने प्रकृयामा रोक्ने आदेशको पूर्ण पाठ

यसअगाडि रिजर्भ सेनालाई पनि यो फर्ममार्फत रिभर्ज सेनामा रहेका प्रमाणित गरेर तुरुन्तै अमेरिकी नागरिकता प्रदान गरिदै आएको थियो ।

रिजर्भ सेनाका लागि हरेक बर्ष कम्तीमा ४८ ड्रिल वा तालिम अवधिमा सहभागी भएको र कम्तीमा १४ दिन तालिमका लागि एक्टिभ ड्युटी सेवा गरेको हुनुपर्ने प्रावधान रहेको थियो । वा १५ दिनसम्म तोकिएको तालिम लिएको व्यक्तिलाई पनि रिजर्भ सेनाका रुपमा अमेरिकी नागरिकता प्रदान गरिदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com