अमेरिकाका होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयरकासविरुद्ध प्रतिनिधिसभाबाट महाभियोग


प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार

WASHINGTON (November 29, 2022) Homeland Security Secretary Alejandro Mayorkas meets with Dilan Yesilgöz-Zegerius, Dutch Minister of Justice and Security, to discuss important concerns for both countries at DHS Headquarters in Washington, DC. The Ministry of Justice and Security is the Dutch Ministry responsible for justice, imprisonment and public security. (DHS Photo by Sydney Phoenix)

पहिलो असफल प्रयासपछि प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरु दोश्रोपटकमा अमेरिकाका होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासविरुद्ध प्रतिनिधिसभाबाट महाभियोग लगाउन सफल भएका छन् । प्रतिनिधिसभाबाट मंगलबार झिनो मतले महाभियोग पारित भएको हो । उनलाई जानाजानी सीमा कानून लागू गर्न अस्वीकार गरेको र जनताको विश्वास भंग गरेको आरोप लगाएको छ ।

महाभियोगका पक्षमा २१४ र विपक्षमा २१३ मत खसेपछि १५० बर्षको अमेरिकी पदमा रहँदै महाभियोग लाग्ने पहिलो मन्त्री अलेहान्द्रो मेयरकास बनेका छन् । मतदानमा तीनजना रिपब्लिकनहरुले भने डेमोक्र्याटहरुलाई साथ दिएका थिए । जसका कारण एक मतलेमात्र महाभियोग पारित हुन सफल भएको छ । डेमोक्र्याट नियन्त्रित सिनेटमा मेयरकासलाई आरोप लाग्ने सम्भावना भने अत्यन्तै कम द्धछ । सिनेट डेमोक्र्याटहरूले अझै महाभियोगबारे कसरी प्रतिक्रिया दिने भनेर विचार गरिरहेका छन्। महाभियोग लगाइएका अन्तिम क्याबिनेट सेक्रेटरी सन् १८७६ मा युद्धमन्त्री विलियम बेल्कनाप थिए, यद्यपि उनले मतदानको केही समय अघि राजीनामा गरे।

white concrete building under cloudy sky during daytime

सभामुख माइक जोन्सनले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले आफ्नो काम गर्न अस्वीकार गरेकोले महाभियोग लगाउनु परेको बताएका छन् । संविधानविदहरुले प्रमाणहरू महाभियोगको उच्च बिन्दुमा नपुग्ने र तीन रिपब्लिकनले प्रस्तावको विरुद्धमा डेमोक्र्याटसँग मतदान गरेको बताएका छन् ।

यसैबीच डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले हाउस रिपब्लिकनहरू सिमानामा गम्भीर चुनौतीहरू समाधान गर्न काम गर्नुको सट्टा राजनीतिक लाभका लागि संविधानलाई कुल्चेकोमा इतिहासले सम्झिने बताएका छन् । राष्ट्रपति जो बाइडेनले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयरकासलाई महाभियोग लगाउन रिपब्लिकन सांसदहरूले गरेको मतदानको आलोचना गरेका छन् । मतदान असंवैधानिक पक्षपातको निर्लज्ज कार्य रहेको भन्दै उनले संसदलाई सीमामा स्थितिलाई सम्बोधन गर्न कानून पारित गर्न आह्वान गरे।

बाइडेनले २०२१ मा पदभार ग्रहण गरेपछि ६ दशमलव ३ मिलियन भन्दा बढी आप्रवासीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका छन् । लगभग २ दशमलव ४ मिलियनलाई अमेरिकामा प्रवेश गर्न अनुमति दिइएको थियो, जहाँ अधिकांशले अध्यागमन अदालतको मितिहरू पर्खिरहेका छन् भने उनीहरूले शरणको लागि मुद्दा बनाउन सक्छन्। प्रणाली यति भद्रगोल छ कि वर्षौं लाग्न सक्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com