न्युयोर्क सिटीले ओढ्यो हिउँको भारी कम्बल, दुई वर्षमा सबैभन्दा ठूलो हिमपात


प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार

न्युयोर्क सिटीमा हिमपात जारी रहँदा सिटीले दुई वर्षमा सबैभन्दा ठूलो हिमआँधी अनुभव गर्नसक्ने पूर्वानुमान गरिएको छ । न्युयोर्कवासीहरू आज बिहान उठ्दा उनीहरुको झ्यालहरू बाहिर सेतो कम्बलले ढाकिन सुरु भएको थियो भने सडकहरूमा गाडीहरु विस्तारै चलाउन चेतावनीहरु जारी गरिएको थियो ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार हिमपातका कारण देशभर १३ सय भन्दा बढी उडानहरू रद्द र ७ हजार उडानहरु ढिलाइ भएका छन्, जसमध्ये आधा पूर्वोत्तरमा छन्। न्यूयोर्कको लागुआर्डिया एयरपोर्टबाट सबैभन्दा धेरै उडान रद्द भएका छन् । यात्रुहरूलाई एयरपोर्टमा जानु अघि उनीहरूको एयरलाइनसँग जाँच गर्न सुझाव दिइएको छ । नेवार्क, जेएफके र बोस्टन लोगान पनि नराम्ररी प्रभावित छन्।

फिलाडेल्फिया देखि बोस्टन सम्म फैलिएको हिउँ तूफानबाट करिब ५० मिलियन मानिसहरू प्रभावित हुनसक्छन् किनभने अधिकारीहरूले यात्रुहरूलाई सकेसम्म घरमै बस्न चेतावनी दिएका छन्। न्यूयोर्क शहरमा सन् २०२२ को जनवरीयता २ इन्चभन्दा बढी हिउँ परेको थिएन, गत जनवरीमा यसको रेकर्ड तोडिएकोमा अहिले ७४४ दिनपछि नयाँ रेकर्ड कायम भएको छ । शहर क्षेत्रका केही भागहरूमा १ देखि इन्च प्रति घण्टाको हिमपात दर रिपोर्ट गरिएको छ ।

अहिलेसम्म पेन्सिलभेनियामा सबैभन्दा धेरै संख्यामा ग्राहकहरुका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । अहिलेसम्म त्यहाँ झण्डै १ लाखको घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ । यो संख्या वेष्ट भर्जिनियामा १३ हजार भन्दा बढी र भर्जिनियामा झण्डै ७ हजार रहेको छ ।

सबै तस्वीर:  खसोखास ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com