गलत विवरण बुझाउनेको अमेरिकी नागरिकता खोस्न अदालतको आदेश


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

नक्कली अध्यागमन अधिकारी बनेर अमेरिकाका कागजपत्रविहिनहरुलाई तर्साउने एक महिलाको अमेरिकी नागरिकता नै खोसिएको छ । कागजपत्रविहिनहरुलाई तर्साउने र जालसाजी गर्ने एक मेक्सिकन महिलाको अमेरिकी नागरिकता नै खोसिएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ ।

५३ बर्षकी आर्सेली मार्टिनेजलाई अमेरिकी अदालतले अमेरिकी नागरिकता र त्यससँग सम्बन्धित सबै सुविधाहरु त्याग्न निर्देशन दिएको छ । डिपार्टमेन्ट अफ जस्टिस सिभिल डिभिजन र इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका वकिलहरुले सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियामा दायर गरेको मुद्दा उपर न्यायाधिस आर ग्रे ग्लाउस्नरले यस्तो आदेश दिएका हुन् ।

अमेरिकी नागरिकता लिने क्रममा जालसाजी गरेकाहरुका सन्दर्भमा पनि अमेरिकी सरकारले अनुसन्धान गर्ने र त्यस्ता व्यक्तिलाई खोजेर न्यायको कठघरामा उभ्याइने आइसका निर्देशक थोमस होम्यानले एक बक्तब्यमार्फत जनाएका छन् । नक्कली सरकारी अधिकारी बनेर जालसाजीमा संलग्न हुनेहरुलाई कारवाहीको भागिदार बनाउन आइसले निरन्तर काम गर्ने उनले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्टिनेजले सन् २०११ को जुनदेखि सन् २०१२ को मार्चसम्म नक्कली इमिग्रेशन अफिसर बनेर कागजपत्रविहिनहरुबाट रकम उठाएकी थिइन् । त्यहीबेला उनी अमेरिकी नागरिकता लिने क्रममा थिइन् । र नागरिकता प्राप्त गर्दा उनले आफुले कहिले पनि अपराध नगरेको कसम खाएकी थिइन् । त्यसपछि उनले सन् २०१२ को अप्रिलमा अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । तर उनलाई लस एन्जलस प्रहरीले गिरफ्तार गरेर जालसाजी गरेको अपराधमा ३२ महिना जेल हालेको थियो ।

अमेरिकी अध्यागमन कानुन अनुशार अमेरिकामा अध्यागमन सुविधा लिनका लागि झूठो बयान दिनेहरुलाई कारवाहीको व्यवस्था गरिएको छ । हालै सर्बोच्च अदालतले नागरिकता नै खारेज हुनसक्ने प्रकारका गलत विवरणमा सिमितता कायम गरेपनि मार्टिनेजको सन्दर्भमा भने नागरिकता खारेज हुनसक्ने प्रसस्त प्रमाण रहेको अदालतले जनाएको छ ।

नागरिकता प्राप्त गर्ने बेलामा झुठो विवरण पेश गर्नेहरुको आफूहरुले आक्रमक तरिकाले खोजि गरिरहेको जस्टिस डिपार्टमेन्टका सिभिल डिभिजनमा कार्यरत कार्यवाहक उप महान्यायाधिवक्ता चाड ए रेड्लरले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com