ट्रम्पको निशाना ओभरस्टे हुने विद्यार्थीतिर, कारवाहीको आदेश


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा अमेरिकामा विद्यार्थी भिसामा आएकाहरु परेका छन् । अमेरिकामा विद्यार्थी भिसामा आएर ओभरस्टे हुनेहरुलाई कारवाही गर्न ट्रम्प प्रशासनले नयाँ निर्देशिका जारी गरेको छ । जसबाट अमेरिकामा रहेका वा अमेरिका आउन चाहने नेपाली विद्यार्थीहरु पनि प्रभावित हुनेछन् ।

अमेरिकी सरकारको विदेशमन्त्रालयले विद्यार्थी लगायत विभिन्न भिसामा अमेरिका आएर फिर्ता नहुनेहरुलाई कारवाही गर्नेै ट्रम्पको कार्यकारी आदेशमा आधारित रहेर नयाँ दिशानिर्देश जारी गरेको हो । नयाँ निर्देशिकाले अमेरिकी भिसा अधिकारीहरुलाई नयाँ भिसाका आवेदकमाथि थप शंकाको नजरले हेर्न प्रोत्साहित गरेको छ ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निकालेको नयाँ रिपोर्टमा ७ लाख ३९ लाख आप्रवासीहरु अमेरिकामा विभिन्न भिसामा आएर ओभरस्टे भएको जनाइएको छ । त्यसमध्ये सन् २०१६ मा फर्कर्नुपर्नेमा झण्डै ८० हजार विद्यार्थीहरु स्वदेश नफर्केको जनाइएको छ ।

अमेरिकामा कुनै पनि प्रकारको भिसा क्याटेगोरीको तुलनामा विद्यार्थी भिसामा आउनेहरु सबैभन्दा धेरै ओभरस्टे हुने जनाइएको छ । विद्यार्थी भिसामा लामो समय बस्न पाइने भएकाले आतंककारीहरुले यो भिसाको दुरुपयोग गरेको तथा सेप्टेम्बर ११ का केही दोषीहरुलाई विद्यार्थी भिसा दिइएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com