कर्मचारीको हितमा अस्ट्रेलियामा नयाँ कानुन, कार्यालय समयपछि मालिकको फोन उठाउनु नपर्ने !


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

अष्ट्रेलियाको संसदमा यो साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ । यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि हाकिमको कलमा उपस्थित हुनुपर्ने छैन । यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै काम गर्न पाउने छैनन् ।

विधेयकको मस्यौदा अनुसार कुनै अधिकारीले आफ्नो कर्मचारीलाई कर्तव्य समाप्त भएपछि कुनै काम गर्न दबाब दिएमा भारी क्षतिपूर्ति तिर्नुपर्नेछ । यो विधेयक पारित भई ऐन बन्ने निश्चित छ । सरकारबाहेक प्रतिपक्षले पनि यो विधेयकलाई पूर्ण समर्थन गरिरहेको छ ।

अष्ट्रेलियाका सामाजिक अभियन्ता तथा कर्मचारी संगठनहरूले लामो समयदेखि देशमा काम गर्ने संस्कृतिमा सुधार हुनुपर्ने माग गर्दै आएका छन् । यसका साथै देशमा बोस कल्चरमा सुधार गरी वर्क लाइफ सन्तुलन मिलाउनुपर्ने माग पनि निरन्तर उठ्दै आएको छ । यसपछि रोजगार मन्त्री टोनी बर्कले यस विधेयकको मस्यौदा तयार गरेका हुन् । यो विधेयक यह साता संसदमा पेश गर्ने तयारी छ ।

विधेयक अनुसार अब मालिकले कुनै पनि वैध कारणबिना कुनै पनि कर्मचारीलाई ड्युटी सकेर बोलाउन पाइने छैन । कर्मचारीलाई कुनै पनि इमेलको जवाफ वा कुनै कागजात फाइल अपडेट गर्न सोधिने छैन । यदि कुनै कर्मचारीले हाकिम विरुद्ध उजुरी गरेमा छानबिन पछि उक्त मालिकलाई कारबाही हुनेछ । साथै, ठूलो क्षतिपूर्ती असुली हुनेछ ।

रोजगार मन्त्री टोनी बर्कले यो विधेयकलाई सबै सांसदहरूले समर्थन गर्दा खुशी लागेको बताए । काम–जीवन सन्तुलनका लागि कडा कानुनको आवश्यकता होस् भन्ने सबै चाहना अनुसार नै कानुन बनाउन लागेको उनले बताए ।

एन्डोलु समाचार एजेन्सीको रिपोर्ट अनुसार विपक्षी नेता एडम बेन्टले पहिले नै यो विधेयकलाई समर्थन गर्ने बताइसकेका छन् । काम सकिएपछि पनि धेरै मालिकहरूले विना कारण कर्मचारीहरूलाई दुव्र्यवहार गरेको गुनासो बारम्बार सुन्ने गरेको उनी बताउँछन् ।

बेन्टले थप भने– ‘यो कानुनपछि घरमा आउँदा वा अन्यत्र जाँदा हाकिमको फोन रिसिभ गर्नुपर्दैन । कुनै पनि कागजात फाइलहरू सम्पादन गर्न वा कुनै इमेलहरूको जवाफ दिन आवश्यक पर्दैन् । बिदा भनेको बिदा मात्र हो । यदि तपाईंको कर्तव्य पूरा भयो र घडीले नेटो काट्यो भने कसैले तपाईंलाई काम गर्न जबरजस्ती गर्न सक्दैन् । कसैले दबाब दिन सक्नेछैन् । तपाईले उसलाई सहजै बेवास्ता गर्नुस् ।’

बेन्टले भने– ‘कुनै पनि मालिकले तपाईलाई कामको लागि २४/७ सताउन सक्नेछैन् । तपाईंले ड्यूटी पछि गरेको कामको लागि तलब पाउनुहुन्न । आफ्नो कर्तव्य पुरा गरिसकेपछि काम गर्दा तनाव उत्पन्न हुन्छ, स्वास्थ्य बिग्रन्छ र सम्बन्ध बिग्रन्छ ।’

बेन्टले अन्त्यमा भने– ‘हामीले लामो समयपछि यो कानून ल्याइरहेका छौं । फ्रान्स बाहेक २० देशमा यो कानुन धेरै वर्ष अगाडि नै बनिसकेको छ । ढिलो भए पनि अब कार्यान्वयन गर्छौं । के तपाईलाई थाहा छ, अष्ट्रेलियाका कर्मचारीहरूले हरेक वर्ष ६ हप्ता ओभरटाइम काम गर्छन् र यसका लागि उनीहरूलाई कम्पनीले केही पनि दिँदैन। त्यसैले म भन्छु कि तपाईको समय तपाईको एक्लै हो, तपाईको मालिकको यसमा कुनै अधिकार छैन।’

प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने– ‘देशका कम्पनी र सरकारी विभागहरूले कानूनको पालना गर्नुपर्नेछ । यदि कम्पनीहरूले कर्मचारीलाई २४ घण्टाको तलब नदिए त्यति धेरै घण्टा काम गराउन सक्दैनन् ।’

सांसद बारबरा पोककले भनिन् – ‘हामी यो विधेयकलाई ‘राइट टु डिस्कनेक्ट’ भन्न सक्छौं। यसको मतलब पैसा बिना ओभरटाइम गर्न सकिँदैन । यो विधेयकको उद्देश्य काम र जीवनबीच सन्तुलन कायम गर्नु हो । यस्तो अवस्थामा कर्मचारीहरूले निष्पक्ष कार्य आयोगमा उजुरी गर्न सक्नेछन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com