कराते साग स्वर्णधारी अनु अधिकारी न्युयोर्कको कराते डोजोमा अनुबन्धित


प्रकाशित मिति : माघ २१, २०८० आईतबार

नेपाल घरेलु मैदानमा भएको १३ औ दक्षिण एशियाली खेलकुदमा करातेमा स्वर्ण पदक बिजेता अनु अधिकारी अमेरिकाको न्यूयोर्क स्थित  कराते डोजो ‘आईएमए निहोन कराते डो’ मा अनुबन्धित भएकी छिन्। उनी विशेष प्रशिक्षणका लागि उक्त डोजोको आमन्त्रणमा अमेरिका आएर प्रमुख प्रशिक्षक शिहान शान्त थोकरको प्रत्यक्ष प्रशिक्षणमा निरन्तर अभ्यास गरिरहेकी छिन् ।

उनले आगामी दिनहरुमा समेत आईएमए निहोन कराते डो यूएसएको प्रतिनिधित्व गर्दै प्रतियोगिताहरुमा भाग लिने थोकरले जानकारी दिए । आगामी मार्च र मे महिनामा आयोजना हुने यूएस ओपन च्याम्पियनसिप र रक्की माउण्टेन च्याम्पियनसिपलाई लक्ष्य बनाई हाल दैनिक कडा प्रशिक्षणमा रहेको अनुले बताएकी छिन् ।

अनुले आफ्नो व्यक्तिगत प्रशिक्षणसँगै डोज़ोमाआबद्ध अन्य प्रशिक्षार्थीहरुलाई समेत प्रशिक्षण दिनेछिन् । तीनपटक राष्ट्रिय खेलकुदमा स्वर्ण जितिसकेकी अनुको घरेलु प्रतियोगितामा बेग्लै छाप छ भने जर्मनी ,अष्ट्रेलिया, हंगेरी, हङकङ, मलेसिया, थाईल्याण्ड, बंगलादेश, भारत लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक हासिल गरेर अन्तर्राष्ट्रिय मञ्चमा समेत अब्बल सावित गरिसकेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com