बेलायतमा भएको आगलागीमा नेपाली दिदीबहिनीको मृत्यु


प्रकाशित मिति : माघ १८, २०८० बिहीबार

स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको  सोमबार साँझ आगलागीमा परेर मृत्‍यु भएको स्थानीय मिडियाले जनाएका छन्।

शिक्षा र आँचल प्रा डा. यज्ञराज सुवेदीका छोरी हुन्। उनीहरुमध्ये शिक्षा २४ वर्ष र आँचल २०-२५ कै हाराहारीमा रहेको उल्लेख गरिएको छ। मृतकका बाबुआमा उक्त घटनाका बेला घरबाहिर रहेकाले सुरक्षित रहेको जनाइएको छ ।

छिमेकीको फ्ल्याटमा शुरु भएको आगो सल्किएर सुवेदी परिवारको फ्ल्याटसम्म आइपुग्दा घटना भएको उनले जनाए। घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

सोमबार बेलुका करिब ६ बजे आपतकालीन सेवाहरूलाई ब्याक हिल्टन रोडमा बोलाइएको थियो। स्कटल्याण्डले मंगलबार बिहान आँचल सुवेदी र शिक्षा सुवेदीलाई घटनास्थलमा मृत घोषित गरेको पुष्टि गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक बच्चालाई सावधानीको रूपमा अस्पताल लगिएको थियो । बच्चालाई ब्लकको माथि रहेको फ्ल्याटको झ्यालबाट निकालेर सिँढी हुँदै तल निकालिएको थियो ।  उक्त बच्चालाई पछि डिस्चार्ज गरिएको जनाइएको छ । आगलागीपछि छिमेका बसोबास गर्ने मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निकालिएको थियो भने आपतकालीन सेवाहरूको यस क्षेत्रमा भीड लागेको थियो ।

स्कटिश फायर एण्ड रेस्क्यू सर्भिसले पाँच जना घाइतेलाई स्कटिश एम्बुलेन्स सेवाले उद्धार र उपचार गरेको बताएको छ। भवनबाट मानिसहरूलाई उद्धार गरी झ्यालबाट निकालेर सीढीहरू तल ल्याइएको थियो ।

स्कटिश फायर एण्ड रेस्क्यू सर्भिसले आगो निभाउन सात उपकरण र दुई विशेषज्ञ एकाइहरू पठाएको थियो । घटनाको पूर्ण निक्र्यौलका लागि प्रहरीले स्कटिश फायर र उद्धार सेवासँगको संयुक्त अनुसन्धान जारी राखेपनि कुनै स्पष्ट संदिग्ध परिस्थितिहरू नभएको जनाइएको छ । आगलागीपछि ब्याक हिल्टन रोड आपतकालीन सेवाहरूले केहीबेर अवरुद्ध गरेका थिए ।

खसोखासबाट थप रिपोर्टिङ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com