हरिवंश आचार्य लगायतको अभिनय रहेको भूठानको छायाँकन अमेरिकाको ओहायोमा सम्पन्न


प्रकाशित मिति : माघ १८, २०८० बिहीबार

नेपालीमा “भूठान” र अंग्रेजीमा “द वल्र्ड ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रको निर्देशक विनोद पौडेलले गरेका छन् । यसमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ्ग राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारत बाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका चर्चित अभिनेता बू्रश डन लगायत विभिन्न कलाकारहरुको अभिनय छ । सांघुरोका निर्देशक जोयश पाण्डे र नेपाली नाट्य क्षेत्रका सफल व्यतित्व विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने भएका छन् ।

विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुने तथा यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि संलग्न रहेको लेखक, निर्दैशक पौडेलको भनाई छ । चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल रहेको र कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो चलचित्र मार्फत आफूहरु विश्वबजारमा पहुंच बनाउने कुरामा विश्वस्त रहेको पौडेलले बताए ।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा हलिउडका भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कम्पनीले सहकार्य गरेको जनाइएको छ । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् । यो चलचित्र २०२४ को अन्त्यसम्म दर्शक सामु ल्याउने र विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजना रहेकोे निर्माण पक्षले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com