विश्वभरका ९ नेपाली नारीहरुलाई अनेसास नवरत्न पुरष्कार


प्रकाशित मिति : माघ १५, २०८० सोमबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले विभिन्न विधामा समर्पित भएर कार्य गरि रहेका विश्वभर रहेका ९ जना नेपाली नारीहरुलाई अनेसास नवरत्न पुरष्कारले सम्मान गरेको छ । हरेक दुई बर्षमा कुनै पनि देश वा क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित भएर कार्य गरि रहेका नारीहरुलाई यो पुरस्कार प्रदान गरिन्छ ।

यो बर्ष २०२३ को अनेसास नवरत्न पुरष्कार कोलोराडो निवासी अनेसास कोलोराडो च्याप्टरकी भूतपूर्व अध्यक्ष कलमकर्मी आचार्य प्रभा, बोष्टनकी गीत सर्जक अनु शाह, क्यालीफोर्नियाकी कलमकर्मी रीता देवी प्रधान, न्युयोर्ककी ज्योति राई, न्युजर्सीकी शान्ता अधिकारी, बेलायतबाट माया गुरुङ, युरोपबाट डा. संगीता स्वेच्छा, समाज सेवातर्फबाट डिसीबाट मन्जु कार्की संग्रौला र काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पुरस्कृत भएका छन्। पुरस्कृत हुनेहरुलाई २५० डलर नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

अनेसास बिशुद्ध साहित्यिक संस्था भए पनि हरेक क्षेत्रमा समर्पित महिलाहरुको कदर गर्दै साहित्य बाहेक अन्य क्षेत्रमा काम गरी रहेका महिलाहरुलाई थप उर्जा प्रदान गर्न अनेसास नवरत पुरष्कार प्रदान गर्ने निर्णय गरेको अनेसासले जनाएको छ । भूतपूर्व केन्द्रीय अध्यक्ष गीता खत्रीद्वारा निर्णय गरिएको यो पुरष्कारमार्फत हरेक बर्ष नारीहरु पुरष्कृत हुँदै आएका छन् ।

यसपटकको नवरत्न पुरष्कारमा छनौट समितीकी संयोजक केन्द्रकी सदस्य तारा अधिकारी, केन्द्रकी महासचिव बिमला निरौला ,अनेसास केन्द्रीय कार्य समिति अध्यक्ष गोवर्द्धन पूजा र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम बिश्वकारले सम्मान पत्रमा हस्ताक्षर गरेका थिए। पुरष्कृत नारीहरुले अनेसास नवरत्न पुरष्कारले आफूहरुलाई आआफ्नो क्षेत्रमा अझ निरन्तर काम गर्न थप उर्जा दिएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com