अफगानिस्तानमा विमान दुर्घटना, भारतीय विमान भएको दाबी


प्रकाशित मिति : माघ ७, २०८० आईतबार

अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ । यद्यपि, यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा उक्त विमानको प्रकार र कुन यात्रुहरू सवार थिए भन्ने अहिलेसम्म थाहा नभएको बताइएको छ ।

तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमान कहाँबाट थियो, कहाँ जाँदै थियो र सवार को–को थिए भन्ने आधिकारिक जानकारी भने दिइएको छैन । तर, अफगान मिडियाले उक्त विमान भारतीय भएको दाबी गरेको छ ।

तर अहिलेसम्म भारतले आफ्नो कुनै पनि विमान बेपत्ता भएको पुष्टि गरेको छैन ।

बीबीसीसँग कुरा गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, “हामीले मिडियामा पनि रिपोर्टहरू हेरेका छौं। हामीसँग अहिले कुनै पुष्टि भएको जानकारी छैन, हामी थप जानकारी सङ्कलन गरिरहेका छौं।”

भारतीय समाचार एजेन्सी एएनआईले डीजीसीए अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनाको शिकार भएको विमान भारतीय नभएको बताएको छ।

डीजीसीए अधिकारीहरूले एएनआईलाई बताए- ‘यो विमान मोरक्कोमा दर्ता भएको DF-10 विमान हो।’

भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानमा दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार भएको विमान न त निर्धारित भारतीय विमान हो न त भारतीय चार्टर विमान। यो मोरक्कोमा दर्ता भएको एउटा सानो विमान हो। थप विवरणहरूको प्रतीक्षा छ। “

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com