अमेरिका निवासी ग्रान्ड मास्टर महर्जन अब तेक्वान्दोको विशिष्ट श्रेणीका रेफ्रीमा पदोन्नति


प्रकाशित मिति : माघ ६, २०८० शनिबार

अमेरिका निवासी तेक्वान्दोका ग्रान्ड मास्टर दिवाकर ‘डान’ महर्जन अब तेक्वान्दोको प्रथम श्रेणीबाट  विशिष्ट श्रेणीको रेफ्री भएका छन् । विश्व तेक्वान्दो मुख्यालयले उनलाई अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणीबाट  विशिष्ट श्रेणी ‘एस’ वर्गमा पदोन्नति गरेको हो । तेक्वान्दोको हेडक्वाटर दक्षिण कोरियाद्वारा अन्तर्राष्ट्रिय रेफ्रीलाई प्रदान गरिएको यो सबै भन्दा विशिष्ट श्रेणी हो।

झन्डै तीन दशक देखि अमेरिकाको ओरेगन राज्यमा पोर्टल्याण्ड ‘युएस वल्डक्लास तेक्वान्दो हलिउड स्कुल सञ्चालन गर्दै आएका महर्जन अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपाली समेत हुन्। तेक्वान्दोमा डब्लुटीको मान्यता प्राप्त अन्तर्राष्ट्रिय रेफ्री विशिष्ट श्रेणीमा पदोन्नति हुन कम्तीमा दश वर्ष निरन्तर यो क्षेत्रमा काम गरेको हुनु पर्छ। त्यसै गरी कम्तीमा पनि १५ पटक रिफ्रेसर कोर्स पुरा गर्नु पर्ने हुन्छ।

सन् १९९५ देखि अमेरिकामा तेक्वान्दो प्रशिक्षक रहँदै आएका महर्जन सन् १९९९ एडमन्टन क्यानडामा पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए । नेपालमा भने उनले सन् १९८८ देखि राष्ट्रिय रेफ्रीको भूमिका निभाएका हुन्। सन् २०२३ मा महर्जनले तेक्वान्दोमा दोहोरो आठौँ डान प्राप्त गरेका थिए। उनी दोहोरो आठौँ डान पाउने पहिलो नेपाली हुन्। उनले कोरियाको तेक्वान्दो मुख्यालय कुक्किवानबाट ८औँ डान तेक्वान्दो ब्ल्याक बेल्ट, कोरियाली मार्सल आर्ट्स फेडेरेसन कोरियाबाट हाप्कि डोमा ८ ‌औँ डान ब्ल्याक बेल्ट र लाइफ टाइम अचिभमेन्ट प्राप्त गरेका थिए। उनले सन् २०१५ मा प्यानम ओपन च्यापियनसिपमा बेष्ट रेफ्रि अवार्ड समेत पाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महर्जन अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपका संस्थापक तथा बोर्ड निर्देशक हुन्। सन् २००० देखि काठमाडौँबाट सुरु भएको आईओएफटीसीको हेडक्वाटर अमेरिकाको पोर्टल्याण्डमा छ। विश्वका विभिन्न देशमा आयोजना भएको च्याम्पियनसिपको १४ संस्करण कोरियाको सियोलमा हुने तय भएको छ। १४औँ अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप अगस्ट २३ र २४ मा हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com