आजदेखि न्युयोर्कमा पासाङ ल्हामु शेर्पाको जीवनयात्राबारे ऐतिहासिक बृत्तचित्र देखाइने


प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार

पासाङ ल्हामु शेर्पाको उल्लेखनीय जीवनयात्राबारे पासाङ इन द स्याडो अफ एभरेष्ट आजदेखि न्युयोर्कमा देखाइने भएको छ । पासाङ ल्हामु शेर्पाले अप्रिल २२, १९९३ मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेर इतिहास रचेकी थिइन् । लेखक शेरोन वुडद्वारा निर्मित र न्यान्सी स्वेन्डसेनद्वारा निर्देशित यो बृत्तचित्रले पासाङको जीवनको प्रेरणादायी, साहसी र दुःखद कथालाई कुशलतापूर्वक एकसाथ बुनेको छ।

वृत्तचित्र जनवरी १९ देखि २५ गतेसम्म न्युयोर्क सिटीको ग्रीनविच भिलेजको सिनेमा भिलेजमा र त्यसपछि जनवरी २७ देखि २८ सम्म अपर वेस्ट साइडको न्यू प्लाजा सिनेमामा प्रदर्शन हुनेछ, जसमा पासाङको जीवनको गहन अन्वेषण देखाइनेछ । बृत्तचित्रमा उनको जीवनका विभिन्न चरणहरूमा प्रकाश पारिएको छ ।

एक रूढिवादी नेपाली परिवारमा सामाजिक मान्यताहरू तोड्नेदेखि १७ वर्षको उमेरमा भागेर विवाह गर्ने, विवाहको लागि पारिवारिक असन्तुष्टिको सामना गर्ने, अंग्रेजी सिक्ने र आफ्नो पतिको व्यवसायमा सक्रिय रूपमा भाग लिने लगायतका विषयहरु वृत्तचित्रमा समेटिएको छ । बृत्तचित्रमा हिमाल आरोहणको लागि प्रेम र विशेष गरी माउन्ट ब्लेनसहित फ्रान्समा उनको प्रारम्भिक पर्वतारोहण अनुभवहरू समावेश गरिएको छ ।

पासाङको अटल दृढ संकल्प र लचिलोपन फिल्म मार्फत देखाइएको छ । विशेष गरी सगरमाथा आरोहणको उनको प्रयासमा बारम्बार असफलताको सामना गर्नु परे पनि उनले अडिग रहेर सन् १९९३ मा नेपाल–भारत संयुक्त अभियानको नेतृत्व गर्दै चौथो प्रयास गर्ने निर्णय गरिन् । २२ अप्रिल १९३३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथाको शिखरमा उभिने आफ्नो सपना पूरा गरिन्, जुन नेपाली महिलाहरूको लागि एक ऐतिहासिक क्षण रह्यो । दुर्भाग्यवश तल झर्ने क्रममा आफ्नो ज्यान गुमाइन् । यद्यपी उनको शव सगरमाथाबाट सफलतापूर्वक निकालिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पासाङको जीवनमा लचिलोपन, दृढता र लैङ्गिक अवरोधहरू तोड्ने मार्मिक उदाहरण रहेका छन् । उनी नेपाली महिलाको क्षमता र शक्तिको प्रतीक बनेकी छिन् । साथै साहसको प्रतिक बनेकी छिन् । वृत्तचित्रले उनको अथक प्रयासको सारलाई समेट्छ भने धेरै चुनौती र अवरोधहरूको सामना गर्दा पनि समर्पणका साथ आफ्नो सपनाहरू पछ्याउनुको महत्त्वलाई जोड दिन्छ। बृत्तचित्रमा उनलाई चिन्नेहरू, प्रख्यात अल्पाइनिस्टहरू र पासाङका अन्तर्वार्ताहरू समेटिएको छ ।

पासाङ ल्हामु शेर्पाले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन्। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो । सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन्। उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के ४मा २०१७ साल मंसिरमा भएको थियो। पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकी थिइन्। दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकी हुन्। सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन।

पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ। सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो। उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्‍यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ।

उनी सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन। आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो। मृत्यु पश्चात् पासाङलाई सुप्रदिप्त मान्यवर नेपाल ताराको विभूषण मिल्यो। उनको तस्वीर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याइयो। पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो जासम्बा नामको चुचुरोलाई पासाङ ल्हामु चुली नामकरण पनि गरियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com