दिल्लीमा देउवाले आज के गर्दैछन्?


प्रकाशित मिति : भाद्र ८, २०७४ बिहीबार

भारतको पाँचदिने राजकीय भ्रमणको प्रमुख दिन प्रधानमन्त्री शेरबहादुर देउवा बिहान ९ बजेतिर राष्ट्रपति भवनको औपचारिक सलामी कार्यक्रम ‘गार्ड अफ अनर’मा सहभागी भएका छन्।

त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्प अर्पण गरे।

साढे ११ बजे उनी हैदरावाद हाउस पुगेछन् जहाँ उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै आधा घण्टा कुराकानी गर्ने कार्यतालिका छ।

त्यसपछि दुवै प्रधानमन्त्रीको नेतृत्वमा दुई पक्षीय औपचारिक वार्ता हुनेछ।

पूर्व योजना विनै मोदी-देउवा भेट

हस्ताक्षर

विभिन्न समझदारीपत्रमा त्यसपछि हस्ताक्षर हुनेछ।

नेपालमा भूकम्पपछिको पुनर्निर्माण, नार्कोटिक्स् लागुऔषध नियन्त्रण र नेपाल एवं भारतका गुणस्तर चिन्ह व्यवस्थापन लगायतका विषय छन्।

देउवा

त्यसपछि उनले भारतीय गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीले छुट्टाछुट्टै भेट्नेछन्।

राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति वैंकया नायडूसँग पनि आजै छुट्टाछुट्टै भेटवार्ता हुनेछ।

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहले पनि देउवालाई भेट्दैछन्।

इण्डिया फाउण्डेशनले गरेको कार्यक्रममा पनि देउवा सरिक हुनेछन्।

आजै नेपाली दूतावासले देउवाको सम्मानमा रात्रीभोजको आयोजना गर्दैछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com