८ चर्चित नेपाली हास्यकलाकारका साथ न्युयोर्क हाँस्ने दिन जनवरी १९, यसरी सुरक्षित गरौं सिट


प्रकाशित मिति : पुस १८, २०८० बुधबार

नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ मा न्युयोर्कमा कमेडी नाइट हुने भएको छ । अब हाँस्छ न्युयोर्क नामको उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी सेन्टरमा हुने स्थानीय आयोजक विनिता तामाङ र मनिता गुरुङले जानकारी दिए ।

बेलुका ७ बजेदेखि विहान २ बजेसम्म हुने कार्यक्रममा हास्यकलाकारहरु सन्दिप क्षेत्री, भरतमणी पौडेल, सुमन कार्की, कैलाश कार्की, विष्णुप्रसाद गौडेल, साजन श्रेष्ठ, सन्तोष थापा, सुमन कोइरालाको प्रस्तुती रहनेछ । टिकटको मूल्य ७० र १०० डलर रहेको छ । भीआईपी १०० डलरको टिकटमा मिट एण्ड ग्रिट र एउटा निशुल्क पेयपदार्थ समावेश रहेको छ ।

कार्यक्रममा सहभागी हुनका लागि टेबुल पनि बुक गर्न सकिने र सामुहिक प्याकेज लिन चाहनेहरुका लागि टिकट होम डेलीभरीको समेत व्यवस्था रहेको विनिता तामाङले जानकारी दिइन् । टिकट र सामुहिक प्याकेजका लागि विनिता तामाङ र मनिता गुरुङलाई ३४७ ५१० २१७३ र ६४६ ९२५ ७२३७ मा पनि सम्पर्क गर्न सकिन्छ ।

साथै नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ । अनलाइनबाट टिकट लिनका लागि यहाँ क्लीक गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com