न्युयोर्कमा काम गरिरहेको बेला भएको दुर्घटनामा सोलुका मिङ्मार लामा शेर्पाको निधन


प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार

न्युयोर्कमा काम गरिरहेको बेला भएको दुर्घटनामा सोलुका मिङ्मार लामा शेर्पाको निधन भएको छ । अमेरिकाको न्युयोर्क बस्दै आएका सोलु दुध कुण्डा ७ गार्मा लप्चेका शेर्पाको बिहिबार ५७ वर्षको उमेरमा निधन भएको हो । १७ तलाको भवनबाट खसेर उनको मृत्यु भएको बताइएपनि थप विवरण प्राप्त भएको छैन ।

शेर्पाको निधनप्रति गार्मा शरर्वी छोक्पा अमेरिका परिवारले आफू स्तब्ध भएको उल्लेख गर्दै आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरेको छ । साथै यस दुःखद घडीमा शोकाकुल परिवारजन र आफन्तजन सबैमा भावपूर्ण समवेदना व्यक्त गरिएको छ ।

शेर्पाको परिवारजनको तर्फबाट शेर्पा किदुगको रिग्जेन छोखोर्लिङ गुम्बामा डिसेम्बर २९ तारिख शुक्रबार दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म, डिसेम्बर ३० शनिबार साँझ ५ बजे देखि ९ बजेसम्म र डिसेम्बर ३१ आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पूजा गरिने भएकोले ईस्टमित्र र शुभ चिन्तक सम्पूर्णलाई पूजामा उपस्थीत भएर मणी जप गर्न अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com