यूरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको ९८ वर्षको उमेरमा निधन


प्रकाशित मिति : पुस १२, २०८० बिहीबार

युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापना कर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको छ ।

परिवारिक स्रोतका अनुसार पेरिसमा आफ्नै घरमा राति सुतिरहेको अवस्थामा मृत्यु भएको हो । डेलर्सले सन् १९८५/०९४ को अन्त्यसम्म तीन कार्यकालका लागि युरोपेली आयोगको अध्यक्षको रूपमा सेवा गर्नुभएको थियो ।

युरोपेली आयोग प्रमुखको रूपमा डेलोर्सको कार्यकालको दशकमा ईयूले आफ्नो एकीकृत एकल बजार प्रवद्र्धन गर्दै एकल मुद्रा यूरो लागू गरेको थियो ।

फ्रान्सेली राजनीतिको एक प्रमुख व्यक्तित्व, डेलोर्सले सन् १९८१ देखि सन् १९८४ सम्म राष्ट्रपति फ्रान्कोइस मिटर्रान्डको नेतृत्वमा अर्थमन्त्रीको रूपमा पनि काम गर्नु भएको थियो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ईयूका पूर्व नेतालाई यूरोपको अतुलनीय वास्तुकार र मानव न्यायका लागि लडाकूको रूपमा सम्झँदै उहाँप्रति अन्तिम सम्मान व्यक्त गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com