Follow @khasokhasmag

अमेरिकीे हवाई आक्रमणमा ४२ सिरियाली सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : भाद्र ७, २०७४ बुधबार

बेरुत (लेबनान) । सिरियाली शहर राकामा अमेरिकी सैन्य गठबन्धनले इश्लामिक स्टेट (आइएस) समूह विरुद्ध गरेको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्थाले मङ्गलबार जनाएको छ ।

सिरियन अव्जर्भेटरी फर ह्युमन राइट्सले एएफ्पीलाई दिएको जानकारी अनुसार घटनामा १९ जना महिला र १२ बालबालिकाको निधन भएको छ ।

अमेरिकाद्वारा सहयोगप्राप्त सिरियाली प्रजातान्त्रिक बलले सोमबार र मङ्गलबारको अमेरिकी हवाई आक्रमणपछि राकाको आधाभन्दा बढी भूभाग आइएसको कब्जाबाट फिर्ता लिन सफल भएको छ ।

अमेरिकी गठबन्धनले राकामा लगातार दुईदिनदेखि कारबाही जारी राखेको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com