न्युयोर्कको जेलमा अधिकारीले नेपालीको मृत्यु भएको कक्ष उचित समयमा जाँच नगरेको खुलासा


प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार

न्युयोर्कको जेलमा अक्टोबर ५ मा सम्भावित ओभरडोजका कारण नेपाली पुरुषको ज्यान गएको सेल जाँच गर्न एकजना जेलका अधिकारी असफल भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । राइकर्स आइल्याण्ड जेलका सेलका जाँच गर्ने जिम्मेबारी पाएका अधिकारीले जेलका इकाईलाई राम्ररी भ्रमण गर्न नसकेको न्युयोर्कको सिटीको बोर्ड अफ करेक्सनको रिपोर्टमा उल्लेख छ ।

अधिकारीले जेलका सेलहरु जाँच गर्न आवश्यक राउन्डहरू नगरेको तथा अक्टोबर ५ को तीन घण्टा अघि फ्ल्यासलाइटले प्रत्येक कक्ष भित्र जाँच समेत नगरेको रिपोर्टमा उल्लेख छ । बोर्डको रिपोर्टमा २७ बर्षीय मनिष कुँवरको शव एरिक एम टेलर सेन्टरको मानसिक स्वास्थ्य पर्यवेक्षण इकाईमा फेला पर्नु अगाडि अधिकारीले आवश्यक चेकजाँच नगरेको पाइएपछि ती अधिकारीलाई निलम्बन गरिएको थियो भने कुँवरको मृत्यु पछि जेलका क्याप्टेनलाई डेस्क ड्युटीमा राखिएको थियो ।

अभिलेखहरूका अनुशार कुँवरको मृत्यु हुँदा पर्यवेक्षण इकाईमा आत्महत्या रोकथाम सहायक नभएको देखिएको छ । सहयोगी नभएकोले युनिटको फ्लोर अफिसरले प्रत्येक १५ मा सेलको मिनेटमा भ्रमण गर्नु पर्ने थियो। तर ४ घण्टासम्म कसैले भ्रमण नगरेको बोर्डको रिपोर्टमा उल्लेख छ । विहान १ बजेर ३४ मिनेटदेखि ४ बजेर ३४ मिनेटसम्म कसैले पनि सेलहरु चेक गरेनन् भने कुँवरको शव विहान ५ बजेर ३७ मिनेट जाँदा भेटिएको थियो ।

अन्य अधिकारीहरू बिहानको खाजा बाँड्न आउने क्रममा कुँवरको सेलको ढोका ढकढक्याएपछि मात्र शव भेटिएको थियो । कुँवरले झ्यालमा तन्ना राखेकाले अधिकारीहरुले सेलभित्र देख्न सकेनन् । अधिकारीहरुले सेलको ढोका खोल्दा कुँवर आफ्नो ओछ्यानमा अनुहार माथि फर्काएर सुतेको अवस्थामा अचेत भेटिएका थिए । स्वास्थ्यकर्मी पाँच मिनेटमै आइपुगेका थिए र उनलाई नार्कनको चार डोज दिएका थिए । तर त्यतीबेलासम्म ढिला भइसकेको थियो । उनलाई बिहान ६ बजेर २० मिनेटमा मृत घोषणा गरिएको थियो तर सम्भवतः उनको मृत्यु धेरै अघि भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्यकर्मीहरुले कुँवरलाई पल्टाउदा उनको मुखबाट तरल पदार्थ र रगत सेलको ओछ्यान र भुइँमा खसेको रिपोर्टमा जनाइएको छ । उनको मृत्यु ओभरडोजका कारण भएको प्रारम्भिक अनुमान भएपनि सिटीको मेडिकल परीक्षक कार्यालयले मृत्युको कारण जारी गर्न सकेको छैन।

कुँवर सन् २०१६ मा डाइभर्सिटी भिसा जितेपछि नेपालबाट अमेरिका बसाइँ सरेका थिए । कुँवर मानसिक बिरामी र घरबारविहीन थिए । सात बर्ष अगाडि न्युयोर्क सिटीमा भेटिंदा उनी होमलेस भएका थिए । उनी न्युजर्सीमा रहेको एउटा होमलेस सेल्टरमा समेत बसेका थिए । उनी न्यु जर्सीको अरु ठाउँमा पनि बसोबास गरेको तथा रेस्टुरेन्ट र कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको जनाइएको छ । पछि उनको काँधमा चोटपटक लागेपछि उनी थप समस्यामा परेका थिए । उनी लामो समयदेखि मानसिक रोग, लागुऔषध र रक्सीसँग जुधिरहेको जनाइएको छ ।

कुँवरलाई जुन २०२२ मा क्वीन्समा डकैती गरेको आरोप थियो । उनले चक्कु देखाएर एक व्यक्तिबाट १२०० डलर लिएको अभियोग थियो । जुन २०, २०२२ मा कोरोनाको क्विन्सको ३७ औं एभिन्यु र ९३ औं स्ट्रीटमा उनले एक व्यक्तिलाई चक्कु देखाएर रकम लुटेको कागजातमा उल्लेख छ । यो अभियोगमा उनी अदालतमा उपस्थित भएनन् भने उनलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो। त्यसैबीच उनीविरुद्ध अन्य घरबारविहीन व्यक्तिले क्रेडिट कार्ड दिएको र अरुको कार्ड प्रयोग गरेर पसलबाट खाना किन्न खोजेको अभियोग पनि थियो । उनले प्रयोग गरेको कार्ड चोरीको कार्ड भएको खुलेको थियो ।

विगतमा कुँवर बाल्टिमोर पुगेर त्यहाँको मनोचिकित्सक केन्द्रमा पाँच महिना बिताएको जनाइएको छ । उनलाई डेलावेयरबाट पक्राउ गरिएको थियो। डेलावरबाट उनी आफैले ९११ मा फोन गरेका थिए । उनले आफूमा आत्महत्याको सोंच आएको भन्दै प्रहरीलाई फोन गरेको थिए । त्यसपछि उनी पक्राउ परेका थिए । त्यसको केही दिनपछि उनको क्वीन्समा पनि वारेन्ट रहेको पत्ता लगाइएको थियो । त्यसपछि उनलाई डकैतीको आरोपको सामना गर्न न्युयोर्क सिटी पठाइएको थियो र जेलमा राखिएको थियो ।

न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनको रेकर्ड अनुशार उनी सेप्टेम्बर २७ मा पक्राउ परेका थिए । उनलाई मृत्यु भएको केही घण्टापछि अदालतमा पेश गर्ने तयारी गरिएको थियो भने उनको अदालतको अर्को सुुनुवाईको मिति अक्टोबर २७ का लागि तय गरिएको थियो । तर जेलमा राखेको झण्डै एकसातामा नै उनको मृत्यु भएको रेकर्डमा खुलेको छ । सन् १९९६ मा जन्मिएका उनी ५ फिट ६ इन्च अग्ला र १५० पाउण्ड तौल भएका रेकर्डमा उल्लेख थियो । उनको कालो कपाल र खैरा आँखा थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com