नेपालबाट चोरिएका ४ कलाकृति अमेरिकी सरकार र नेपाली महावणिज्यदूतावास न्युयोर्कको पहलमा फिर्ता


प्रकाशित मिति : मंसिर १८, २०८० सोमबार

नेपालबाट चोरिएर अमेरिका ल्याइएका र हालै फिर्ता गरिएका पुरातात्विक सामग्रीहरु

नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरु आज आयोजित एक समारोहमा न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको छ । १६औं र १७औँ शताब्दीका नेपालका कलाकृतिहरूमा दुईवटा सुनौलो भैरव मुखुन्दो, एउटा उमा महेश्वरको ढुङ्गामा कुदिएको मूर्ति र र दुर्गाको मूर्ति समावेश छ ।

यी कलाकृतिहरूले नेपालको विगतको समृद्ध सांस्कृतिक सम्पदा र मूल्यमान्यताका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्छन्। यसअघि महावाणिज्य दूतावासले म्यानहटन डिस्ट्रिक्ट एटोर्नी अफिसलाई यी पुरातात्विक वस्तुहरू फिर्ता गर्न सहयोगको लागि अनुरोध गरेको थियो।

कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले यी मूर्तिहरू म्याहटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्राग, जुनियर, डिस्ट्रिक्ट एटोर्नी अफिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सका अधिकारीहरूबाट प्राप्त गरेका हुन् । कार्यवाहक महावाणिज्यदूत गौतमले म्याहटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्राग, जुनियर, डिस्ट्रिक्ट एटोर्नी अफिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सका अधिकारीहरूलाई नेपाल सरकार र जनताको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी मूर्तिकलाहरूको रिकभरी र प्रत्यावर्तनमा अविश्वसनीय र विचारशील सहयोगका लागि उनले संग्रहालय, अन्वेषक, सञ्चारमाध्यम, कला र सम्पदा अभियानकर्ता र अनुसन्धानकर्ता र यस प्रक्रियामा संलग्न अन्य सबैप्रति गहिरो कृतज्ञता व्यक्त गरे। डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले पुरातन वस्तुहरूको तस्करी नेटवर्कहरू जतिसुकै जटिल भए पनि कारवाही गर्न जारी राख्ने बताए । उनले आफ्नो कार्यालय र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले नेपालबाट चोरी भएका र हराएको अन्य कलाकृतिहरू फिर्ता ल्याउन पूर्ण सहयोग जारी राख्ने आश्वासन दिए ।

आर्थिक लाभका लागि सांस्कृतिक सम्पदा लुट्न खोज्ने तस्करहरूबाट जोखिम जहिले पनि हुने भन्दै सम्पदाको पुनर्स्थापनामा योगदान गर्न पाउँदा खुशी लागेको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स न्यूयोर्कका विशेष एजेन्ट इन चार्ज इभान जे अर्भेलोले बताए । म्याहटन डिस्ट्रिक्ट एटोर्नी अफिसका चीफ अफ स्टाफ जोर्डन स्टकडेल र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स न्यूयोर्कका डिपार्टमेन्ट अफ इन्चार्जमा डेपुटी स्पेशल एजेन्ट क्रिस्टोफर लाउलगायतका वरिष्ठ अधिकारीहरूले नेपाली कलाकृति फिर्ता गराउन सकेकोमा खुशी व्यक्त गरे ।

नेपाली महावाणिज्य दूतावासले दुवै देशका सम्बन्धित सरकारी निकाय र संस्थासँगको सहकार्यमा नेपालबाट चोरी भएका र हराएका पुरातात्वीक वस्तुको पुनःप्राप्ति र नेपालका पुरातात्विक सम्पदामा उनीहरूको उचित स्थानमा पुनः स्थापित गर्न सक्रिय रूपमा सक्रियता देखाएको छ । यी बाहेक महावाणिज्यदूतावास न्युयोर्कले हालसम्म १० औं शताब्दीदेखि १७औँ शताब्दीका अन्य १६ वटा पुरातात्विक वस्तुहरू नेपाल फर्काउन सफलता प्राप्त गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com